अन्तर्राष्ट्रिय

फिलिपिन्समा साढे २ वर्षदेखि बन्द रहेका विद्यालय आजदेखि खुले



६ भदौ – फिलिपिन्समा साढे दुई वर्षदेखि बन्द रहेका विद्यालय खुलेका छन् । कोरोना महामारी सुरु भएपछि बन्द रहेका विद्यालय आजदेखि खुलेका र लाखौँ विद्यार्थी कक्षाकोठामा पुगेका समाचार संस्था रोयटर्सले जनाएको छ ।
कोरोना महामारीका कारण भौतिक उपस्थितिमा पढाइ बन्द गरेर सबैभन्दा ढिलो विद्यालय खुलाउने अन्तिम देश फिलिपिन्स बनेको छ । विश्वभर विद्यालय यसअघि नै खुलिसकेका छन् । सन् २०२० को मार्चपछि आज पहिलो पटक निकै खुसी हुँदै विद्यार्थी विद्यालय गएका दृश्य देखिएका छन् । बालबालिकालाई मास्क, स्यानिटाइजर र तापक्रम मापन अनिवार्य गरिएको खबरमा उल्लेख छ ।
फिलिपिन्सका नवनिर्वाचित राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले कार्यकाल सम्हाल्नेबित्तिकै विद्यालय पुनः खुला गर्ने घोषणा गर्नुभएको थियो । लामो समय अनलाइनबाट मात्रै कक्षा सञ्चालन गर्दा फिलिपिन्सको शिक्षा प्रणाली बिग्रिन थालेको भन्दै चौतर्फी चिन्ता व्यक्त भएको छ । १० वर्षभन्दा कम उमेर समूहका बालबालिकाले अनलाइन कक्षाबाट धेरै उपलब्धि हासिल गर्न नसक्ने अध्ययनहरुले देखाएका छन् ।

प्रकाशित : ६ भाद्र २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६