प्रदेश

साउन महिनामा भैरहवा नाकाबाट १८ अर्ब ६ करोडको वस्तु भित्रियो



८ भाद्र काठमाडौ ।
चालु आर्थिक वर्ष २०७९/८० को पहिलो पहिना साउनमा विभिन्न नाकाबाट नेपालमा १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६५ हजार रुपैयाँको वस्तुहरु भित्रिएको छ । भन्सार विभागका अनुसार सो अवधिमा २६ नाकामध्ये वीरगन्जबाट नेपालमा सबैभन्दा बढी वस्तुहरु आएको छ । वीरगन्ज नाकाबाट साउनमा ४७ अर्ब ७९ करोड ७६ लाख २३ हजार रुपैयाँको वस्तुहरु नेपाल भित्रिएको छ ।
गत साउनमा भैरहवा नाकाबाट १८ अर्ब ६ करोड ९० लाख ३८ हजार रुपैयाँ, विराटनगर नाकाबाट १६ अर्ब ३५ करोड १३ लाख ५० हजार रुपैयाँ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १२ अर्ब ७६ करोड ९० लाख ७७ हजार रुपैयाँ र नेपालगन्जबाट ५ अर्ब २२ करोड ७३ लाख ९० हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको छ ।
सोही समयमा मेची नाकाबाट ४ अर्ब ९ करोड ८ लाख ८२ हजार रुपैयाँ, रसुवागढीबाट २ अर्ब ४२ करोड ३८ लाख ४६ हजार रुपैयाँ, कैलालीबाट १ अर्ब ८७ करोड ३३ लाख ३० हजार रुपैयाँ, कृष्णनगरबाट १ अर्ब ७९ करोड ४३ लाख ४५ हजार रुपैयाँ, तातोपानीबाट १ अर्ब १८ करोड ३८ लाख ३१ हजार रुपैयाँ र जलेश्वरबाट ७० करोड ४४ हजार ४० हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको विभागले जनाएको छ ।

प्रकाशित : ८ भाद्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६