प्रदेश

गुल्मी सेवा समाज युएईद्वारा गोर्खाली युवा सशक्तिकरणका उपाध्यक्ष क्षेत्रीलाई सम्मान



बुटवल ८ भाद्र ।
गुल्मी सेवा समाज यूएईले सामाजिक क्रियाकलावमा सक्रिय युवाहरुलाई सम्मान गरेको छ । वैदेशिक रोजगारका लागि यूएईमा रहेकाहरुको साझा संस्था गुल्मी सेवा समाजले सामाजिक सेवामा सक्रिय गोर्खाली युवा सशक्तिकरण संस्था बुटवलका उपाध्यक्ष भरतजँग क्षेत्रीलाई समान्न गरेको हो ।
गुल्मी जिल्ला धुर्कोट गाउँ पालिका–६ क्षेत्री हाल बुटवलमा रहेर विभिन्न अभियानहरु सञ्चालन गर्दै आएका छन् । गुल्मी सेवा समाज युएईका संरक्षक कृष्ण गौतमले विभिन्न ठाउँमा रहेर आफ्नो जन्म जिल्ला गुल्मीलाई पहिचान प्रदानका लागि योगदान गर्नेहरुलाई संस्थाले सम्मान गर्ने उल्लेख गरे । यसैगरी कोही पनि रहरले विदेशमा नजाने र विदेशीनु बाध्यता एको गुनासो गरे । विदेशमा रहेर पनि आफ्नो गास काटेर जन्मथलोका लागि संस्थाले विभिन्न सामाजिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको उनले उल्लेख गरे ।
संस्थाका अध्यक्ष रुद्र थापाले राज्यकोतर्फबाट हुनु पर्ने विभिन्न सेवा तथा सहयोगका कामहरु समेत जनस्तरबाट आफ्नै शक्रियतामा हुनु राम्रो कुरा भएको दाबी गरे । कार्यक्रममा सम्मानित भरत जङ्ग क्षेत्रीले समाज परिवर्तनका निम्ति र अरुलाइ सहयोग गर्न वैदेशिक रोजगारमा रहेका सबै नेपालीहरुको योगदानको जति गुणगान गाए पनि कम हुने बताए । संस्थाका लक्ष्मण अर्यालको स्वागत तथा सरस्वती पौडेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित : ८ भाद्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६