जीवनशैली

नेपालगञ्ज नाकाबाट १२ प्रकारका जडिबुटी निकासी रोकियो



बाँके १० भदौं । नेपाल र भारतका सरकारी निकायबीचको समन्वय अभावका कारण दुई वर्षदेखि विभिन्न १२ प्रकारका जडिबुटी भारत निकासीमा रोक लागेको छ । जडिबुटी ब्यवसायी सङ्घ केन्द्रीय कार्यालय नेपालगञ्जका अनुसार भारततर्फ निकासी गर्न नपाएपछि नेपालगञ्ज र आसपासका क्षेत्रमा करिब एक हजार टन जटिबुटी गोदाममा थन्किएको छ । देशभर करिब दुई हजार टन जडिबुटी ब्यवसायीका गोदाममा थन्किएको सङ्घका केन्द्रीय अध्यक्ष टंकप्रसाद शर्माले जानकारी दिनुभयो ।
जडिबुटी ब्यवसायी मोहम्मद याकुब अन्सारीले जडिबुटीको निकासीमा सहजता भएमात्र मुलुकले आर्थिक रुपमा लाभ लिन सक्ने बताउनुभयो ।
भारतले केही समय अधिकांश जडिबुटीको आयातमा रोक लगाएको भए पनि सरकारी समन्वयमा ४२ प्रकारका जबिडुटी निकासी भएको छ । १२ प्रकारका जडिबुटी निकासी रोकिएको सङ्घको भनाइ छ ।
१२ प्रकारका जडिबुटी भारत निकास हुन नपाएपछि नेपालबाट बर्षेनी जडिबुटीको निकासीमा कमी भइरहेको छ । गत आवमा चार हजार ५८३ टन जडिबुटी मात्रै भारततर्फ निकासी भएको थियो । भारतीय अवरोधसँगै कोभिडका कारण पनि जडिबुटी निकासीमा कमी आएको संघको बुझाइ छ ।
नेपालगञ्जबाट करिब ८० प्रतिशत भारतमा, १० प्रतिशत चीन र बाँकी अमेरिका, जर्मनी लगायतका मुलुकमा निर्यात हुनेगरेको छ । सीमा क्षेत्रका स्थापना भएको नेपालको प्लान्ट क्वारेन्टाइनले भारतीय निकायसँग उचित पहल नगर्दा समस्याको समाधान हुन नसकेको ब्यवसायीहरुले बताउनुभयो ।

प्रकाशित : १० भाद्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६