प्रदेश

कन्चनिया पुल निर्माणमा ढिलाइ



कपिलवस्तु, भदौ १३ । कपिलवस्तुको शिवराज नगरपालिका–११, लालपुर र शीतलापुरलाई जोड्ने कन्चनिया खोलामा पुल निर्माण समयमा सम्पन्न नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ। नगरपालिकाको खरेन्द्रपुर हुँदै नेपाल–भारत सीमावर्ती कृष्णनगर बजार जोड्ने खण्डमा सडक कालोपत्रेसँगै पुल निर्माण कार्य भइरहेको छ। पूर्व–पश्चिम राजमार्गदेखि उत्तरका जनता लाभान्वित हुने गरी पुल निर्माणका लागि सङ्घीय सरकारले हुलाकी राजमार्गअन्तर्गत बजेट विनियोजन भएको थियो।
निर्माण समय अवधि सकिन लाग्दासम्म पुलका दुई छेउका पर्खाल मात्र निर्माण भएको छ। पुलको छत हाल्न अझै बाँकी रहेको छ। यता वर्षाका कारण आउजाउ गर्न बनाइएको डाइभर्सनसमेत बाढीले बगाएको छ। डाइभर्सन बगाउँदा स्थानीयलाई आउजाउ गर्न जोखिम मोल्नु परेको लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले बताउनुभयो।
सो पुल सात करोड ९४ लाख रुपियाँको लागतमा निर्माण हुन लागेको हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुका प्रमुख विष्णुबाबु पाण्डेले बताउनुभयो। सडकका लागि जग्गा व्यवस्थापन गर्न स्थानीयले नदिएपछि एउटा खोलामा दुई स्थानमा पुल बनाइन लागेको हो। काम सुरु गर्न ढिलाइ भएका कारण निर्धारित समयमा योजना सम्पन्न नभएको प्रमुख पाण्डेले बताउनुभयो।

प्रकाशित : १३ भाद्र २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६