जीवनशैली

मोबाइलले बढ्यो बालविवाह



रुकुमपूर्व १३ भदौ । हातहातमा मोबाइल फोनको पहुँचले पुथाउत्तरगङ्गा गाउँपालिकामा अझै पनि अधिकांशले भागी बिहे गर्ने गरेका छन् । कानुनले निर्धारण गरेको बिहे गर्ने उमेरमा थुप्रै आमाबाबु बनिसकेका हुन्छन् । गाउँपालिकामा अधिकांशको १३ देखि १७ वर्ष उमेरमै बिहे भइसकेको हुन्छ ।
सूचना प्रविधिको पहुँचले बालविवाहको प्रवृत्ति झाँगिँदै गएको पाइएको छ । मोबाइल फोन, सामाजिक सञ्जाल आदिले यसलाई सहयोग पुगेको छ । पुथाउत्तरगङ्गा माध्यमिक विद्यालयका शिक्षक अइनश्वर पुनमगरले मोबाइल फोनमा छिटो बिहे गर्ने निर्णयमा विद्यार्थी पुग्ने गरेको बताउँदै थप्नुभयो, “फेसबुक र च्याटमा भेट हुन्छ । भागी बिहे गर्ने योजना बन्छ । त्यसैले स्कुले छोराछोरीलाई मोबाइल किनिदिने चलन हुन्जेल बालविवाह रोकिनेवाला छैन ।”

पुथाउत्तरगङ्गा गाउँपालिकाका उपाध्यक्ष भूपेन्द्र बुढामगरले अधिकांशले कक्षा ६ देखि ८ पढ्दा पढ्दै बिहे गर्ने गरेको बताउँनुभयो । आमा बन्न कम्तीमा २० वर्षको हुनुपर्छ भन्नेमा स्थानीय बासिन्दा सचेत छन् तर बुझ्दा बुझ्दै पनि कलिलै उमेरमा आमा बन्ने क्रम रोकिएको छैन । यो प्रथा जिल्लाबाटै विस्थापित हुन सकेको छैन । स्वास्थ्य कार्यालय रुकुमपूर्वका सूचना अधिकारी निमप्रसाद गिरीले स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन आउनेमध्ये ४० प्रतिशत महिला २० वर्षभन्दा कम उमेरका हुने गरेको जानकारी दिनुभयो ।
गत आर्थिक वर्ष २०७६/७७ मा २० वर्षमुनिका गर्भ जाँच गर्न आउनेको सङ्ख्या ३२०, आव २०७७/७८ मा २४१ र आव २०७८/७९ मा २४६ जना थिए । आर्थिक वर्ष २०७६/७७ मा ७३७, आव २०७७/७८ मा ७०६ र आव २०७८/७९ मा ७२१ जना २० वर्षभन्दा माथिका थिए । पुथाउत्तरगङ्गा गाउँपालिका स्वास्थ्य शाखाका संयोजक समीर गिरीले सानैमा आमा बनेका कारण धेरैमा स्वास्थ्य समस्या देखिएको जानकारी दिनुभयो ।

प्रकाशित : १३ भाद्र २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६