जीवनशैली

गाउंपालिका अध्यक्षले एक करोड ३० लाख बढी हडप्न दुई भारतीयलाई झुठा मुद्धा



बुटवल भदौ १३ । नवलपरासी पश्चिमको एक गाउंपालिका अध्यक्षमाथि साझेदारी ब्यापारको एक करोड बढी मुनाफा हडप्न दुई जना भारतीयलाई लागु औषध मुद्धामा फसाएको आरोप लागेको छ।
पाल्हीनन्दन गाउंपालिका अध्यक्ष बैजुनाथ गुप्ताले प्रहरी संग मिलोमतो गरी भारतीय नागरिक रामा गुप्ता र जितेन्द्र पासवानलाई साझेदारीमा सञ्चालित कवाड व्यवसायको एक करोड ३३ लाख मुनाफा हडप्ने ९नदिने० उद्देश्यले लागु औषध मुद्दामा फसाएको पिडितको आरोप छ।
पिडित परिवारले शनिबार परासीमा पत्रकार सम्मेलन गरी गाउंपालिका अध्यक्ष गुप्ताको योजनामा भारतको मोतिहारी जिल्ला चिरइया थाना ग्रामका घर भई सुनवलको भुमहीमा बस्दै आएका गुप्ता र पासवानलाई फसाएको गुनासो गरेका छन्।
गएको स्थानिय निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेर गाउपालिका अध्यक्ष निर्वाचित भएका माओवादी केन्द्रका नेता गुप्तासंग भारतीय नागरिक रामा गुप्ता र जितेन्द्र पासवानले १२ वर्षदेखि साझेदारीमा कवाड कारोबार गर्दै आएका थिए।
यसबिषयमा प्रहरी प्रधान कार्यालयले समेत टोली बनाएर छानविन गरेको भएपनि उक्त छानबिन टोलीको प्रतिवेदन सार्वजनिक नगरिएको भन्दै प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरीले गरेको छानवीनको प्रतिवेदन तत्काल सार्वजनिक गर्न पनि उनीहरुको माग छ।
गाउंपालिका अध्यक्षले पदको दुरुपयोग मात्र गरेका छैनन निर्दोशलाई फसाएर साझेदारीको आम्दानी हडप्ने प्रयास गरेका छन त्यसैले अध्यक्ष माथि छानवीन हुनु पर्छ गुप्ता र पासवान निर्दोष रहेकाले तत्काल रिहाई गरिनु पर्छ पिडितका आफन्त सन्जय शाहाले भने।
गुप्ता र पासवानलाई फसाउन गाउँपालिका अध्यक्षको निर्देशनमा उनका सहयोगी गाउँपालिकाका नगर प्रहरी ९पूर्व प्रहरी० रघुनाथ धोवीले प्रहरी संग मिलोमतो गरी उक्त घटना घटाएको उनीहरुको दावी छ।
शाहाका अनुसार गएको धोवीले असार २२ गते रामग्राम नगरपालिका १७ पिपरहियामा चिया पसलभित्र बोलाएर आफैले ल्याएको लागु औषध मोटरसाइकलमा राखिदिएको उनको भनाई छ। आफैले लागुऔषध रादिदिए आफैले प्रहरीलाई बोलाएर पक्राउ गराए उनले भने।
‘गाउंपालिका अध्यक्षसंग १३ करोडको कारोबार गरेका थियौं, कारोबारको २० प्रतिशत नाफा हामीले पाउने सहमति थियोे, हामीले पाउनुपर्ने एक करोड ३३ लाख रकम नदिन अध्यक्षले धेरै समय आलटाल गरेका थिए,त्यो दिन पिपरहियामा बोलाए,पैसा दिने होला भनेर गएको फसाउने योजना रहेछ।’शाहले भने।
पछिल्लो समय भुमहीस्थित बजाज मोटरसाइकल उद्योगबाट उत्पादित कवाड विक्रिका लागि २० लाख धरौटी मागेपछि रकम नभएकाले रामाले गाउपालिका अध्यक्षसंग २० प्रतिशत नाफा पाउने गरी साझेदारीमा कवाड कारोबार गर्दै आएको बताए।
पत्रकार सम्मेलनमा जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष धरेन्द्र यादवले पद र पैसाको आडमा गाउंपालिका अध्यक्षले तिर्नुपर्ने मोटो रकम नतिरेर उम्किन भारतीय नागरिकलाई फसाएको पाइएको बताए।
सत्ता गठबन्धनको आडमा गाउंपालिका अध्यक्षले प्रहरी प्रशासनलाई प्रभावित गरेर उम्किन खोजेको भन्दै यादवले निर्दोष भारतीयलाई तत्काल रिहा नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिए।
नेपाली कांग्रेस नवलपरासीका कार्यवाहक सभापति विक्रमप्रसाद यादवले सत्ता गठबन्धनको दवावमा गाउंपालिका अध्यक्ष गुप्तालाई बचाउन प्रहरी प्रशासन समेत लागेको भन्दै गृहमन्त्रालयको ध्यान जानुपर्ने माग गरे।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी नलराज उपाध्यायले छानवीन अन्तिम चरणमा पुगेको र दोषी कुनै हालतमा उम्किन नदिइने बताए। गुप्ता र पासवान बसेको ठाउंमा २७० सेट डाइजेपाम नुर्फिन र फेनार्गन भेटिएको प्रहरीको भनाई छ।
घटनाको अनुसन्धानपछि प्रहरी टोलीले समेत निर्दोष व्यक्ति थुनामा परेको उल्लेख गरेको प्रहरी स्रोतले बताएको छ। पक्राउ परेका दुवै युवक डेढमहिनादेखि प्रहरी हिरासतमा छन्। प्रहरीले गाउपालिका अध्यक्ष गुप्ताका सहयोगी धोबीलाई पक्राउ गरेको छ। गाउंपालिका अध्यक्ष गुप्तासंग पटक पटक सम्पर्क गर्न खोज्दा हुन सकेन।

प्रकाशित : १३ भाद्र २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६