प्रदेश

दाङमा पहिरो गएपछि राप्ती राजमार्ग आज बिहानैदेखि अवरुद्ध



दाङ १३ भदौ – लगातारको वर्षाले पहिरो खसेपछि राप्ती राजमार्गको दाङ(सल्यान सडक आज बिहानैदेखि अवरुद्ध भएको छ।
दाङ–सल्यान सडक खण्डअन्तर्गत दाङ तुलसीपुर–३ साततलेमा पहिरो खसेपछि बिहानैदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो ।
बिहान करिब तीन बजेतिर पहिरो खसेपछि सडकमा आवतजावत पूर्णरुपमा ठप्प भएको उहाँले बताउनुभयो । वर्षात निरन्तर भइरहेकाले पहिरो हटाउन समस्या भएको प्रहरी प्रवक्ता गौतमले बताउनुभयो । वर्षा रोकिएपछि पहिरो पन्छाउने उहाँको भनाइ छ ।
पहिरो निरन्तर झरिरहेको हुँदा सल्यानको कपुरकोटमै र दाङको तुलसीपुरमै गाडी रोकेर राखिएको उहाँले बताउनुभयो । निर्माणाधीन दाङ(सल्यान सडक वर्षातको समयमा पटक पटक अवरुद्ध हुने गरेको छ ।

प्रकाशित : १३ भाद्र २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६