प्रदेश

शान्ति सुरक्षा कायम गर्नु सरकारको पहिलो प्राथमिकता–मन्त्री गहतराज



नेपालगञ्ज १४ भदौ। नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गएकाले सरकारको प्राथमिकता देशमा शान्ति सुरक्षा कायम गर्नु रहेको बताउनुभएको छ । उहाँले नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउँदै शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभएको हो ।
कोहलपुरमा सोमबार पत्रकारहरूको जिज्ञासाप्रति प्रतिक्रिया दिँदै मन्त्री गहतराजले अहिलेको अवस्थामा जनतासँग कुनै पनि खालको जोर जबरजस्ती कुनै पनि तहका सरकारबाट हुन नहुने कुरामा जोड दिनुभयो ।
स्थानीय जनतासँग वार्ता र संवादबाट सबै खालका समस्याहरू समाधान गर्न सकिने भन्दै सबैलाई निर्वाचनमा केन्द्रित हुन समेत उहाँले आग्रह गर्नुभएको छ ।

प्रकाशित : १४ भाद्र २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६