प्रदेश

सालझण्डी–तम्घास सडक निर्माणकालागि डेढ अर्ब बढी रकम स्वीकृत



गुल्मी १४ भाद्र
। बुटवलदेखि गुल्मीको सदरमुकाम तम्घास सम्म निकै छोटो दुरीको सालझण्डी ९ पटौती दुर्गाफाँट० खज्र्याङ्ग–तम्घास सडक अन्तरगत खुर्साने डाँडादेखि पटौती सडक निर्माणका लागि साढे डेढ अर्ब रकम सरकारबाट स्वीकृत भएको जानकारी प्राप्त भएको छ ।
रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले उक्त सडक निर्माणका लागि बहुबर्षिय योजना अन्तर्गत १ अर्ब ५१ करोड रकम स्वीकृत भई टेण्डर प्रकृयामा अगाडि बढेको जानकारी दिएका हुन् ।
वर्षौं अघिदेखि अलपत्र परेको उक्त सडक निर्माण कार्यलाई तिब्रता दिन मेयरमा जिते लगत्तै पन्थी खट्दै आएका छन्। उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्‘
पटौतीदेखि राङ्गबास सडक खण्डको निर्माण कार्य पनि अगाडि बढिरहेको छ। यो टेण्डर प्रक्रिया अगाडि बढेसँगै अब गुल्मेली जनताको सहज र जोखिम मुक्त सडक बाट यात्रा गर्ने सपना पूरा हुँदैछ। तर, निर्माण कार्यलाई छिटोभन्दा छिटो सम्पन्न गर्नको लागि हामी सबैको महत्त्वपूर्ण भूमिका रहने छ। अहिलेको निर्माणको गति निकै ढिला भएको ,समयमा प्राय कुनै पनि योजना सम्पन्न नहुने ,निर्माण अवधिले निकै लामो समय लिने जस्ता कारणले गर्दा हामी सबै सचेत हुनु जरुरी छ।’
गुल्मीको समुन्नतिको मेरुदण्डको रूपमा रहेको यो आयोजनालाई समयमै सम्पन्न गर्न जिल्लाका सबै राजनैतिक दल ,सबै जनप्रतिनिधिहरु ,निर्माण व्यबसायी, पत्रकार, नागरिक समाज लगायत सबै गुल्मेलीहरुले आ –आफ्नो ठाउँबाट सकरात्मक भूमिका निर्वाह गर्नु हुन विशेष अपिल गर्दछु।’
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्डमा हरेक वर्ष सवारी दुर्घटना हुँदा गुल्मेली हित थुपै्र नेपालीहरुको ज्यान गइसकेको छ । त्यसका अलवा त्यस सडक खण्ड गुल्मीका लागि निकै लामो दुरीको सडक मानिन्छ । सालझण्डी सडक निर्माणको काम सुरु भएदेखि गुल्मेलीहरु सो सडकको नियमित र सुरक्षित यात्राका लागि निकै प्रतिक्षित छन् ।

प्रकाशित : १४ भाद्र २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६