प्रदेश

नेत्रहिन युवा संघ रुपन्देहीद्वारा जिल्ला निर्वाचन कार्यालयमा ध्यानाकर्षण पत्र



बुटवल १४ भाद्र। नेत्रहिन युवा संघ नेपाल रुपन्देही द्धारा अपाङ्गता मैत्री निर्वाचन प्रणालीपूर्णरुपमा कार्यान्वन गर्न माग सहित जिल्ला निर्वाचन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छन् । सोमबार जिल्ला निर्वाचन कार्यालय रुपन्देहीमा पुगेर ध्यानाकर्षण पत्र बुझाएको हो ।
नेत्रहिन युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष टिकाराम पौडेल, स्वतन्त्र विकास समाजका अध्यक्ष सावित्रा घिमिरे, राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेश सचिव सन्तोष पन्थी, पहुँच परियोजना संयोजक लक्ष्मी पाण्डे, नेत्रहिन क्रिकेट संघ लुम्बिनीका सचिव समिक्षा ज्ञवाली, अपाङ्गता गिता जोशी लगायतको सहभागीतामा जिल्ला निर्वाचन अधिकारी अयोध्या प्रसाद भण्डारीलाई ध्यानाकषर्ण पत्र बुझाएको छ ।
कार्यक्रममा बोल्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेश सचिव सन्तोष पन्थीले स्थानीय तहको निर्वाचनमा अधिकांस निर्वाचन क्षेत्र अपाङ्गता मैत्री नभएको भन्दै आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा अपाङ्गता भएका व्याक्तिहरुको लागि विशेष व्यवस्था गरी सहज मतदान गर्न पाउने वातावरण मिलाउनको लागि आग्रह गरे ।
स्वतन्त्र विकास समाज नेपालका अध्यक्ष सावित्रा घिमिरेले अघिल्लो पटकको निर्वाचनमा अपाङ्गता भएका व्याक्तिहरुले के कती मात्रामा निर्वाचनमा मतदान गरे भन्ने विवरण नआएको कारण यो पटक सो विवरण समेत समेटेर खण्डीकृत तथ्यांक संकलन गर्नको लागि निर्वाचन आयोगलाई आग्रह गरिन् ।
ध्यानाकर्षण पत्र बुझ्दै जिल्ला निर्वाचन अधिकृत अयोध्या प्रसाद भण्डारीले सिमित स्रोत साधनको विचमा कार्य गर्दा कहि कतै त्रुटी हुने गरेको बताउँदै अपाङ्गता भएका व्याक्तिहरुको सहज मतदानका लागि निर्वाचन कार्यालय जहिले पनि सहजग रहेको बताए ।
उनले अपाङ्गता भएका व्याक्तिरुहरुको लागि सहज मतदानका लागि निर्देशिकामा तोकीए बमोजिमाको मतदान स्थल लेआउट गरी निर्माण गर्ने र जसमा ¥याम सहितको व्यवस्थापन गर्ने जानकारी दिदै कहि कतै समस्या आएमा मततान अधिकृत वा कर्मचारीबाट सहजीकरण गरिने समेत जानकारी दिए ।

प्रकाशित : १४ भाद्र २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६