जीवनशैली

चमेरा संरक्षण क्षेत्र जोखिममा



तौलिहवा १६ भदौ । राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षबाहेक नेपालमै पहिलो पटक घोषणा गरिएको चमेरा संरक्षण क्षेत्र जोखिममा परेको छ । चमेरा लोप हुन थालेपछि २०७० मा कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका –३ देबानगढीयामा एक हेक्टर क्षेत्रफललाई संरक्षण क्षेत्र घोषणा गरिएको थियो ।
चमेरालाई दुई प्रकार मांसाहारी र फलाहारी चमेरामा वर्गीकरण गरिएको छ । मांसाहारी चमेरो कीरा, फट्याङ्ग्राहरू खाएर जीवन निर्वाह गर्छ भने फलाहारी चमेरो चाहिँ फलफूल खाएर जीवन निर्वाह गर्ने गरेको चराविदहरुको भनाइ छ ।
पर्यावरण र जैविक विविधताको दृष्टिकोणले उपयोगी जीव चमेरा पछिल्लो समय लोप हुने अवस्थामा पुगेको उहाँहरूको बुझाइ छ । देवानगढियास्थित पोखरीको डिलमा रहेको रुखमा करिब ५ सयको हाराहारीमा चमेरा बस्छन् । संरक्षण क्षेत्र घोषणा गरिए पनि सरोकारवालाको बेवास्ताका कारण चमेरा सङ्कटमा परेको स्थानीयले बताएका छन् ।
जैविक विविधताका दृष्टिकोणले समेत महत्त्वपूर्ण मानिने चमेराको संरक्षण नगरिए नेपाल बाटै चमेरा लोप हुने अवस्थामा पुगेको स्थानीय शम्भु शैनीले बताउनुभयो । वासस्थानका कारण पनि चमेरा लोप हुन थालेको उहाँको बुझाइ छ । संरक्षण क्षेत्र घोषणा गरिए पनि सरोकारवालाले वास्ता नगर्दा यहाँ रहेको चमेराहरू सङ्कटमा परेका छन् शैनीले भन्नुभयो ।
विश्व भरी करिब एघार सय प्रजातिका चमेराहरू पाइने गरेको बताइन्छ । नेपालमा ५३ प्रजातिका चमेरा पाइने गरेको चराविद् भूपाल नेपालीले बताउनुभयो ।

प्रकाशित : १६ भाद्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६