पर्यटन

श्रीनगरको स्वामित्वमा विवाद



पाल्पा १६ भदौ । तानसेन नगरपालिका र डिभिजन वन कार्यालय पाल्पाबीच श्रीनगर डाँडाको जग्गा स्वामित्वबारे विवाद चर्किएको छ । विगत छ दशकदेखि तानसेन नगरपालिकाले भोगचलन र पर्यटकीय पूर्वाधार निर्माण गर्दै आएको ‘श्रीनगर डाँडा’ को जग्गाको स्वामित्वमाथि वन कार्यालयले दाबी गरेको छ । नगरपालिकाले श्रीनगरडाँडामा बनाइएका पर्यटकीय पूर्वाधारबाट आन्तरिक आम्दानीका रूपमा टिकट काटेर रकम उठाउन थालेपछि विवाद भएको हो ।उक्त क्षेत्र वर्षौंदेखि भोगचलन गर्दै आएको र अहिले पनि स्थानीय सरकारको आम्दानी वृद्धि गर्न रकम उठाउन पाउनुपर्ने नगरपालिकाले बताएको छ ।
२०१०र११ सालदेखि श्रीनगर डाँडाको जग्गा नगरपालिकाले प्रयोग गर्दै आएको छ, नगरप्रमुख सन्तोषलाल श्रेष्ठले भन्नुभयो, जग्गाको स्वामित्व नगरपालिकाको मातहत नै छ । यद्यपि श्रीनगर क्षेत्रबाट शुल्क उठाउने विषयमा पछिल्लो एक महिनायता नगरपालिका र वन कार्यालयबीच विवाद बढेको तानसेन नगरपालिकाका वरिष्ठ अधिकृत दुर्गाबहादुर थापाले बताउनुभयो ।
तानसेन नगरपालिकाले श्रीनगरडाँडामा भ्युटावर, विश्रामस्थल, पर्यटकमार्ग, बगैँचालगायतका संरचना निर्माण गरेको छ । उक्त क्षेत्रबाट नगरपालिकाले प्रतिव्यक्ति १० देखि ५० रुपियाँ प्रवेश तथा पार्किङ शुल्क र पिकनिक टोलीका लागि दुई सय रुपियाँदेखि माथि रकम लिँदै आएको छ । तानसेन सब–डिभिजन वन कार्यालयले भने तानसेन नगरपालिकाले पर्यटकीय पूर्वाधार बनाएको क्षेत्र सामुदायिक वनको जग्गाभित्र पर्ने भएकाले नगरपालिकाले त्यस क्षेत्रमा शुल्क उठाउन नसक्ने जनाएको छ ।

प्रकाशित : १६ भाद्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६