कृषि

गोठेमल छोडेर रासायनिकतर्फ किसान



पाल्पा १८ भदौ । विगतका वर्षको तुलनामा पाल्पामा रासायनिक मलको प्रयोग बढेको छ । यसअघि गोठेमल र अन्य प्राङ्गारिक मलको प्रयोग गर्दै आएका किसानले अहिले रासायनिक मलको प्रयोग बढाएका हुन् ।
पाँच–सात वर्षअघिसम्म अधिकांश किसानले मकै, गहुँ तथा अन्य तरकारी खेतीमा प्रयोग गर्न गोबर र पातपतिङ्गरबाट मल बनाउँदै आएका थिए । अहिले सबैजसो किसानले रासायनिक मलको प्रयोग बढाएको बगनासकाली–३, शिखरका किसान कमल चिदीले बताउनुभयो ।
गाउँघरमा किसानले सोत्तर, सेउला, पातपतिङ्गर जम्मा गरेर कुहाउने र मल बनाउने प्रचलन थियो । यस्तो प्रचलन हराइसकेको छ । किसानले गाईबस्तु नपाल्ने र थोरै खेतबारीमा खेती गर्ने भएकाले युरिया, डीएपी, पोटासजस्ता रासायनिक मल नै प्रयोग गर्न थालेको माथागढी–३, कसेनीमा रहेको माडी कसेनी कृषि सहकारी संस्थाका अध्यक्ष टीकाराम रानाले बताउनुभयो ।
जिल्लास्थित कृषि सामग्री कम्पनी लिमिटेड, पाल्पाले समेत पाल्पामा रासायनिक मलको माग हरेक वर्ष बढेको जनाएको छ । यस जिल्लाका विभिन्न सहकारी संस्थाबाट २५० मेट्रिक टनभन्दा बढी युरिया मलको माग आएको कृषि सामग्री कम्पनी, पाल्पाका प्रमुख सुमन पन्थीले बताउनुभयो । जिल्लामा अहिले किसानको मागको ५० प्रतिशत मात्र मल आएको उहाँले बताउनुभयो । जिल्लाभरका ६१ सहकारी संस्थामार्फत वितरण गरिएको मल सबै खेतीका लागि पर्याप्त नरहेको किसानको भनाइ छ । मागअनुसार मल नपाउँदा कालोबजारी गरेर ल्याएको मल किन्न बाध्य भएको किसानको गुनासो छ ।

प्रकाशित : १८ भाद्र २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६