प्रदेश

माओवादी गुल्मीबाट थापा प्रदेश सदस्य उमेदवारमा सिफारिस



गुल्मी १८ भाद्र। नेकपा माओवादी केन्द्र गुल्मी क्षेत्र नम्बर–२ को ‘क’ प्रदेशबाट सो पार्टीका प्रदेश कमिटी सदस्य खुमबहादुर थापा –९अशोक ० प्रदेश सदस्य उमेदवारका लागि सिफारिस भएका छन् । शुक्रबार बसेको पार्टीको प्रदेश कमिटी बैठकले नेता थापालाई मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा प्रदेश सदस्य उमेदवारमा एकल रुपमा सिफारिस गरेको हो । नेता थापालाई प्रदेश सदस्य उमेदवारका लागि एकल निर्णय गरिएको मुसिकोट नगर कमिटी अध्यक्ष दुर्गा बिकले जानकारी दिए ।
‘अरु केही साथीहरुले पनि ईच्छा जाहेर गर्नु भएको थियो । तर अधिकांसले खुमबहादुर थापालाई नै सिफारिस गर्नुपर्छ भन्ने माग उठेपछि उहाँलाई मात्र सिफारिस गरियो ।’–अध्यक्ष बिकले भने । थापा माओवादी जनयुद्धदेखि कै पुराना कार्यकर्ता हुन । उनि २०६४ को संविधानसभा निर्वाचनसम्म पूर्णकालिन कार्यकर्ता थिए । मुसिकोट नगरपालिका–३ घर भएका थापा एमाले–माओवादी एकतापछि बनेको नेकपा हुँदा मुसिकोट नगरकमिटी अध्यक्ष थिए । २०७४ को निर्वाचनमा मुसिकोट नगरपालिका मेयर पदको उमेदवार रहेका थापा पराजित भएका थिए । २०६४ देखि नै उनी समानुपातिकबाट सांसद बन्ने चर्चा चले पनि त्यो अवसर पाएका थिएनन् ।

प्रकाशित : १८ भाद्र २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६