जीवनशैली

रुपन्देहीको सैनामैनामा गर्भवती महिलाको हत्या : २ वर्षपछि आरोपित पक्राउ



बुटवल १८ भाद्र। रुपन्देहीको सैनामैनामा एक युवकले गर्भवती प्रेमिकाको हत्या गरी दुई वर्षसम्म कानुनको नजरबाट लुकेको खुलासा भएको छ । सैनामैना नगरपालिका–११ शीतलापुरको शान्ति सामुदायिक वनमा मृत भेटिएकी युवतीको सनाखत भएपछि २ वर्षसम्म लुकेका आरोपी पक्राउ परेका हुन् । उनको हत्या प्रेमीले नै गरेको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।
हत्याको अभियोगमा कपिलवस्तुको शिवराज नगरपालिका ७ का ३६ वर्षीय काशीराम मुराउलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरिएको छ । उनले आफ्नी प्रेमिका ३४ वर्षीया कुमारी अर्यालको हत्या गरेको प्रहरीले ईलाका प्रहरी सालझण्डीले जनाएको छ । कुमारी विवाहित हुन् । उनका श्रीमान् र दुई छोरी भए पनि प्रेमी भनिएका काशीरामको गर्भसमेत रहेको खुलेको छ । गर्भपतन गर्न नमान्दा काशीरामले हत्या गरेको प्रहरीको दाबी छ । तर हत्या भएको दुई वर्षसम्म पनि शवको सनाखत हुन नसक्दा हत्यारा पत्ता लाग्न सकेको थिएन ।

प्रकाशित : १८ भाद्र २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६