जीवनशैली

बुटवल हुँदै बर्दिया जाँदै गरेको बस दाङमा दुर्घटना, १६ जना घाइते



दाङ १८ भाद्र। पूर्व(पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका–९ स्थित शिवखोलामा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।
नारायणघाटबाट बर्दियातर्फ जाँदै गरेको ना६ख ९६७९ नम्बरको बस शुक्रबार साँझ साढे ४ बजे दुर्घटनामा परेको हो ।
घाइते मध्ये एक जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा १५ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
बर्दियाको मधुवन नगरपालिका ५ बस्ने ६२ वर्षीया गुठी सोनाहाको शरीरमा भित्री चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ । उनलाई उपचारका मेडिकल कलेज कोहलपुर लगिएको छ ।
प्रहरीले गाडी मालिक र गाडी चालकलाई नियन्त्रणमा लिएको छ । थप विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : १८ भाद्र २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६