बाणगंगा, १८ भाद्र ।
कपिलवस्तुको बाणगंगामा भएको निःशुल्क दन्त शिविर बाट दुई सय जना बढी लाभान्वित भएका छन् ।
शनिवार कपिलवस्तु सामुदायिक अस्पतालमा भएको सिविरमा दुई सय जना भन्दा बढीले लाभ लिएको आयोजक कपिलवस्तु उधोग बाणिज्य संघले जनाएको छ । स्व.लिला अर्यालको ४५ औँ दिनको पुण्य तिथीको अवसरमा सिमली डेण्टल केयर प्रालि बुटवलको प्राबिधिक सहयोग, कपिलवस्तु उद्योग बाणिज्य संघ र कपिलवस्तु सामुदायिक अस्पतालको सहकार्यमा निःशुल्क दन्त शिविरको आयोजना गरिएको थियो ।
सिमली डेण्टल केयर प्रा.लि. बुटवलका डाक्टर शिषिर कुमार अर्याल,दिपा भण्डारी लगाएतको दक्ष चिकित्सकिय टिमले शिविरमा दाँत सम्बन्धी समस्याको जाँच र उपचार संगै दाँत सफा गर्ने, सिमेन्ट भर्ने लगाएतका सेवा प्रदान गर्नुभएको थियो । शिविरमा दाँत सम्बन्धी औषधी नि:स्शुल्क रुपमा उपलब्ध गराईएको थियो । उक्त नि:स्शुल्क दन्त शिविर मार्फत २०० भन्दा बढी नागरिक लाभान्बित भएको सिमली फाउण्डेसनका अध्यक्ष महेन्द्र अर्यालले बताउनुभयो । यस्तै अर्यालले आफ्नै स्थानिय स्तरमा यस्तो खालको नि:शुल्क दन्त शिविर कार्यक्रम गर्न पाएकोमा खुशि ब्यक्त गर्दै आगामी दिनमा पनि स्वास्थ्य सेवाका लागी आफुले सक्रियता देखाउने धारणा राख्नु भएको थियो ।
शिविरमा उपस्थित रहनुभएका कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमीरे, निबर्तमान अध्यक्ष उमानाथ पौडेल, कपिलवस्तु सामुदायिक अस्पतालका अध्यक्ष रामजी सेनले नि:स्शुल्क दन्त शिविर आयोजना गरेको प्रति खुशि ब्यक्त गर्दै सिमली डेण्टल केयर प्रा.लि. बुटवललाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
प्रतिक्रिया