कपिलवस्तु २० भदौ ।सत्ता गठबन्धनका ५ दल बीच भाग बण्डा मिलेर संयुक्त गठबन्धन हुन नसकेपछि धमाधम आआफ्ना दलका तर्फवाट उम्मेदवारहरु सिफारिस गर्न ब्यस्त भएका छन् । सोही क्रममा जसपा नेपाल् कपिलवस्तुको प्रतिनिधी सभा क्षेत्रीय समिति १ को बैठकद्वारा कपिलवस्तु क्षेत्र न १ मा मायादेवी गाउँपालिकाको पुर्ब अध्यक्ष बजरंगी चौधरीलाई सर्ब सहमत सिफारिस गरेकोछ ।
त्यस्तै प्रदेश सभाका लागि १.२ वाट लुम्बिनी प्रदेशको भौतिक पुर्बाधार बिकास मन्त्री सहसराम यादवको नाम एकल उम्मेदवाराँका रुपमा सिफारिस गरेको छ । यस्तै जसपका प्रदेश नेता अब्दुल रसिद खाँ २.२ वाट प्रदेश सभा सदस्यका लागि सिफारिस हुन भएको छ । उहा भने सर्बसहमत हुन सक्नु भएन । अरु प्रतिस्पर्धीका साथमा नाम सिफारिस भएको हो ।








प्रतिक्रिया