जीवनशैली

गुल्मी–पर्वत जोड्ने पुल अलपत्र



तम्घास २० भदौ। गुल्मी र पर्वत जोड्ने पक्की पुल निर्माणको कार्य लामो समयदेखि अलपत्र परेको छ।
गुल्मीको कालीगण्डकी गाउँपालिका, पूर्तिघाट र पर्वतको बिहादी गाउँपालिका जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण गर्न लागिएको पक्की पुल लामो समयदेखि अलपत्र परेको हो। तत्कालीन तम्घास–सिमलटारी–प्युठान सडक आयोजना गुल्मी र एलिट कन्स्ट्रक्सन प्रालि काठमाडौँबीच २०७३ साल भदौ ३१ गते १४ करोड ६७ लाख ७६ हजार ५०९ रुपियाँ ११ पैसामा निर्माण सम्झौता भएको थियो। निर्माण व्यवसायीले २०७६ साल चैत ३० गते कार्य सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख थियो। अहिले सो सम्झौता भएको कार्यालय नै खारेज भएको छ भने तत्कालीन समयमा सो कार्यालयसँग सम्झौता भएका योजनाहरू हेर्ने जिम्मा मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घास, गुल्मीले पाएको छ।
यता सो निर्माण कम्पनीका सम्पर्क व्यक्ति सुरेन्द्र लम्सालले भूगोलका कारण समयमै काम सम्पन्न गर्न नसकेको बताउनुभयो। कालीगण्डकी नदीको बहाव बढ्ने भएकाले वर्षको तीन महिना पनि काम गर्न नसकिएको उहाँको भनाइ छ। पछिल्लो तोकिएको समयावधिसम्म काम सक्ने गरी आफूहरूले योजना बनाएको उहाँको दाबी छ।

प्रकाशित : २० भाद्र २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६