प्रदेश

ठाकुर गैरेलाई पाल्पा दुईबाट एमालेले गर्यो एकल सिफारिस



पाल्पा २० भदौ। विद्यार्थी नेता एवं नेकपा एमालेका पोलिटब्यूरो सदस्य ठाकुरप्रसाद गैरे पाल्पा क्षेत्र नं २ बाट एकल उम्मेदवारमा सिफारिस हुनुभएको छ । एमालेले गैरेलाई मङसिर ४ गते हुने प्रतिनिधि सभाका लागि उम्मेदवार बनाएको हो ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमालेले जिल्लामा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्य रहेको छ । क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ नारायणप्रसाद आचार्य, युवराज खनाल, शिव अर्याल, निल सारु, झपेन्द्र जिसी, कृष्ण श्रेष्ठ, सरस्वती भट्टराई र विष्णु जिसीको नाम सिफारिस भएको छ ।
आइतबार बसेको एमाले क्षेत्रीय कमिटीको बैठकले नेता गैरेलाई एकल उमेदवारका रुपमा सिफारिस गर्ने निर्णय गरेको क्षेत्रीय कमिटीका अध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिनुभयो ।
क्षेत्र नं १ प्रदेशसभा क बाट राजुप्रसाद श्रेष्ठ, राजेन्द्र लम्साल, देवीलाल लामिछाने र कृष्णबहादुर सारु तथा महिलातर्फ सञ्जु परियार र ईश्वरी खनाल सिफारिस हुनुभएको छ । प्रदेशसभामा ख बाट कृष्णप्रसाद रेग्मी, खेमबहादुर सारु, विनोदकुमार श्रेष्ठ, अर्जुन श्रेष्ठ, तुल्सीराम भुसाल, विमल काफ्ले, विजय रानाभाट, ईश्वरी न्यौपाने र एकप्रसाद भण्डारी तथा महिलातर्फ उर्मिला अर्याल र कल्पना केसी सिफारिस हुनु भएको छ ।

प्रकाशित : २० भाद्र २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६