अर्थ-वाणिज्य

सहकारीहरुले उत्पादन संगै रोजगारीको अवसर सृजना गर्नुहोस : लुम्बिनी प्रदेश सार्वजनिक लेखा समिती सभापति पन्थी



भगवती न्यौपाने/प्रयास पोख्रेल कपिलवस्तु भाद्र २० ।
लुम्बिनी प्रदेश सार्वजनिक लेखा समितिका सभापति विष्णु पन्थीले सहकारीहरुले उत्पादन संगै रोजगारीको अवसर सृजना गर्नु पने बताउनु भएको छ । स्वाभिमान बचत तथा क्रृण सहकारी संस्था लिमिटेडले १५ औं वार्षिकोत्सव तथा १६ औं स्थापना दिवशको अवसरमा बोल्दै उहाले यस्तो बाताउनु भएको हो ।

उहाले कार्यक्रमकै अवसरमा विद्युतिय चुलो वितरण गर्दै कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । पन्थीले विद्युतिय चुलोेले वातावरण सफा र स्वच्वछ हुने बताउदै आफनै देशमा खपत हुने विद्युतिय चुलोको प्रयोग गर्नु पर्ने बताउनु भयो ।


वाणगंगा नगरपािलकाका नगर प्रमुख चक्रपाणी अर्यालले सहकारी खोल्दा सहकारीका ऐन नियम र वितिय अनुशासन अनुसार चलाउनु पर्ने बताउनु भयो । नगर प्रवक्ता विष्णु पौडेलले संस्थाले गरेको रचनात्मक कामको प्रशंसा गर्दै आगामि दिनको सफलताको शुभकामना दिनु भएको थियो ।

संस्थाका संस्थापक अध्यक्ष धनस्याम घिमिरेले सस्थाको स्थापना संगै संस्थाले अहिले सम्म गरेको कामको बारेमा बताउनु भएको थियो भने संस्थाका व्यवस्थापक सागर घिमिरेले विद्युतिय चुलो कसरी प्रयोग गर्ने भन्ने बारेमा जानकारी दिनु भएको थियो । उक्त कार्य्रममा नगरका शिक्षा शाखा प्रमुख खिमबहादुर जिसि लगायत सहकारीका सेयर सदस्य र पत्रकारको उपस्थिति रहेको थियो ।

सहकारीका कार्यवाहक अध्यक्ष योगेन्द्र प्रसाद शर्माको अध्यक्ष्यता कोषाध्यक्ष रमेश पन्थीको स्वागत मन्तव्यमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव टिकाराम पौडेलले गर्नु भएको थियो । संस्थाले आफना सम्पुण सेयर सदस्यहरुलाई संस्थाको स्थापना दिवसको अवसरमा विद्युतिय चुलो दिएको छ ।

प्रकाशित : २० भाद्र २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६