ब्रेकिंग न्युज

प्रतिनिधी तथा प्रदेश सभाका लागि सर्वसम्मत नाम सिफारिस



कपिलवस्तु, भाद्र २०
नेकपा (एमाले) कपिलवस्तुले प्रतिनिधी सभा र प्रदेश सभाका लागि नामहरु सिफारिस गरेको छ । नेकपा (एमाले) कपिलवस्तुको सोमवार जिल्लाको खैरेन्द्रपुरमा सम्पन्न पूर्ण वैठकले यस्तो सिफारिस गरेको हो । निर्वाचन क्षेत्र समन्वय कमिटी र प्रदेश सभा निर्वाचन समन्वय कमिटीले गरेका सिफारिसका आधारमा जिल्ला कमिटी वैठकले आवश्यक सिफारिसका लागि जिल्ला पदाधिकारीलाई अक्तियारी प्रदान गरेको एमाले कपिलवस्तुले जनाएको छ ।
यसरी सिफारिसमा पर्नेहरुमा प्रतिनिधी सभा क्षेत्र नं. १ का लागि नेकपा (एमाले) केन्द्रिय सदस्य, कपिलवस्तु इन्चार्ज एवम् संविधान सभा सदस्य बलराम अधिकारी, संविधान सभा सदस्य एवम् जिल्ला उपाध्यक्ष विश्राम प्रसाद चौधरी र एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य सूर्य कुमारी शाही रहेका छन् । त्यस्तै प्रदेश सभा १ को क का लागि एमाले केन्द्रिय लेखा आयोगका उपाध्यक्ष एवम् सार्वजनिक लेखा समितिका सभापति विष्णु पंथी, एमाले जिल्ला अध्यक्ष डम्मर शर्मा र सिता न्यौपानेको नाम सिफारिस गरेको छ ।
यस्तै सिफारिसमा पर्नेहरुमा प्रतिनिधी सभा क्षेत्र नं. २ का लागि नेकपा (एमाले) केन्द्रिय सदस्य, लुम्बिनी प्रदेशका सहइन्चार्ज एवम् प्रतिनिधी सभा सदस्य वृजेश कुमार गुप्ता, केन्द्रिय विदेश विभाग का सदस्य निर्मल विश्वकर्मा, एमाले जिल्ला कमिटी सदस्य गोकर्ण पोख्रेलको नाम सिफारिस गरेको छ । त्यस्तै २ को ख का लागि प्रदेश सभा सदस्य एवम् एमाले नेता धर्मलाल श्रीवास्तव, एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य बाबुराम खनाल र सोभा पोख्रेलको नाम सिफारिस गरेको एमाले कपिलवस्तुले जनाएको छ ।
त्यस्तै प्रतिनिधी सभा क्षेत्र नं. ३ का लागि नेकपा एमालेका केन्द्रिय सल्लाहकार मंगल प्रसाद गुप्ता र एमाले जिल्ला सचिवालय सदस्य टोपलाल पोख्रेलको नाम सिफारिस गरेको छ । त्यस्तै ३ को क प्रदेश सभाका लागि प्रदेश सभा सदस्य एवम् एमाले कपिलवस्तुका जिल्ला उपसचिव अर्जुन कुमार केसीको एकल नाम सिफारिस गरेको एमाले जिल्ला सचिव सिवि गहतराजले जानकारी दिनु भयो । त्यस्तै वैठकले समानुपातिक तर्फ प्रतिनिधी सभा र प्रदेश सभाको नाम सिफारिसका लागि जिल्ला पदाधिकारीलाई अक्तियारी प्रदान गरेको एमाले कपिलवस्तुले जनाएको छ ।
वैठकलाई सम्बोधन गर्दै एमाले पोलिटब्यूरो सदस्य एवम् राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले उम्मेद्वारको मापदण्ड, योगदान र आवश्यकतालाई ध्यान दिदै उम्मेद्वारी छनोट हुने बताउनु भयो । वैठकमा एमाले केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेशका सहइन्चार्ज गिरधारीलाल न्यौपानेले जनअपेक्षा अनुरुप कार्यकर्ताका क्रियाकलाप संचालन गर्नुपर्नेमा जोड दिनु भयो । नेकपा (एमाले) केन्द्रिय सदस्य, लुम्बिनी प्रदेशका सह इन्चार्ज एवम् प्रतिनिधी सभा सदस्य वृजेश कुमार गुप्ताले जिल्लाका प्रतिनिधी सभा एवम् प्रदेश सभाका सबै तहमा सूर्य ध्वजावाहक उम्मेद्वारलाई विजयी हुने विश्वास ब्यक्त गर्नु भयो ।
वैठकमा जिल्ला अध्यक्ष डम्मर शर्माले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि सर्वसम्मत नाफ सिफारिसका निम्ति अधिकतम छलफल एवम् प्रयत्नहरु केन्द्रित गरिने बताउनु भयो । जिल्ला अध्यक्ष शर्माले संघ र प्रदेशका लागि सर्वसम्मत सिफारिका लागि निरन्तर सामुहिक प्रयत्नहरु गरिएको दावी गर्नु भयो ।
सम्पन्न वैठक जिल्ला अध्यक्ष डम्मर शर्माको नेर्तत्वमा १ हजार १ सय सदस्यि मूल निर्वाचन परिचालन कमिटी गठन गरेको छ । सोही वैठकले भाद्र २५ गते भित्र संगठित पार्टी सदस्यता नविकरण गर्ने निर्णय गरेको जिल्ला सचिव सिवि गहतराजले जानकारी दिनु भयो ।
एमाले जिल्ला अध्यक्ष डम्मर शर्माको अध्यक्षता, उपाध्यक्ष विश्राम प्रसाद थारुको स्वागत मन्तब्य र जिल्ला सचिव सिवि गहतराजको संचालनमा सम्पन्न वैठकमा एमाले केन्द्रिय सदस्य एवम् जिल्ला ईन्चार्ज बलराम अधिकारी, एमाले केन्द्रिय सदस्य शिराज अहमद फारुकी, एमाले केन्द्रिय सदस्य एवम् जिल्ला सहईन्चार्ज शुसिल कुमार श्रीवास्तव, एमाले नेताहरु मंगल प्रसाद गुप्ता, झविलाल पोख्रेल, कृष्ण पौडेल, दान बहादुर चौधरी, जंजिर प्रसाद थारु लगायतका नेताहरुको आतिथ्यता रहेकोे एमाले जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनु भयो ।

प्रकाशित : २० भाद्र २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६