अर्थ-वाणिज्य

मंसिर ४ मा जनअदालतको फैसला आउछ :महामन्त्री आचार्य




कपिलवस्तु २४ भदौ ।कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री एवं पुर्व सिचाई राज्यमन्त्री सुरेन्द्रराज आचार्यले जनताले कामको मुल्यांकन गर्ने समय आएको बताएका छन । १०९ औ बिपि जयन्तीको अवसरमा बुद्धभुमी नगरपालिका वडा नम्बर २ स्थि गोरुसिंगेमा पार्टीको वडा नम्बर २ ईकाई कार्यायद्धारा आयोजित जनताको साथमा कांग्रेस अभियान बैठक तथा अन्तरिक्रिया कार्यक्रममा सम्बोधन गर्दै सो कुरा बताएका हुन ।
उनले जनता न्यायधिश रहेको भन्दै अब मंसिर ४ गते मतदान गर्दा कामको मुल्यांकन गर्ने सयम आएको बताए । २०७४ सालमा स्वतन्त्रको नाममा एमालेको चुनाव चिन्ह लिई जितेका सांसद बृजेश कुमार गुप्ताले आफनो स्वार्थ अनुकुल बिभिन्न दल फर्दै एमालेमा प्रबेश गरेको बताए । सो अवसरमा पार्टीका प्रदेश सदस्य एवं पुर्व एएसपी बिक्रम सिंह थापाले सुशानस बिकास, स्थिरताकालागि कांग्रेसलाई मतदान गर्नु पर्ने बताए ।
उनले कांग्रेसले राम्रै काम गरकोले महाराजगंज र बुद्धभुमीमा दोहरिएर मेयरले जितेकोले पनि कांग्रेस प्रति जनताको लगाव रहेको उनले बताए । सो अवसरमा पार्टीका क्षेत्रीय सभापति तथा बुद्धभ्मी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले पार्टीको अनुशासन तोडने, अन्तरघात गर्ने लगायतका पार्टी बिरोधी गतिबिधि गर्नेहरुलाई टिकट दिन नहुने बताए । ईकाई सभापति बालकृष्ण बेल्बासेको अध्यक्षतामा भएको कार्यक्रममा महिला संघकी जिल्ला अध्यक्ष मीन केसी, पार्टीको नगर कमिर्टी अध्यक्ष माधव बेल्बासे, नेता शुभलाल भुसाल लगायतले सबै मतभेद छाडेर कांग्रेसको आधिकारिक उम्मेदवारलाई जिताउनु पर्ने माग गरेका थिए ।

प्रकाशित : २४ भाद्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६