अन्तर्राष्ट्रिय

फिन्चले एकदिवसीय क्रिकेटबाट सन्यास घोषणा गरे, टी–२० को कप्तान रहिरहने



काठमाण्डौ २५ भदौ – अस्ट्रेलियाका कप्तान एरोन फिन्चले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् । फिन्चले शनिवार एकदिवसीय अन्तर्राष्ट्रियबाट सन्न्यास लिने घोषणा गरेका हुन् ।
न्युजिल्यान्डसँग आइतवार हुने तेस्रो तथा अन्तिम एकदिवसीय फिन्चको बिदाइ खेल हुनेछ । ३५ वर्षीय फिन्चको यो एक सय ५६ औँ खेल हुनेछ । फिन्चले एकदिवसीय क्रिकेटमा पाँच हजार चार सय एक रन बनाएका छन् । उनी अस्ट्रेलियाका लागि सबैभन्दा धेरै एकदिवसीय शतक बनाउने चौथो ब्याटर हुन् । फिन्चले एकदिवसीयमा १७ वटा शतक बनाएका छन् । उनीभन्दा अघि रिकी पोन्टिङको २९ तथा डेभिड वार्नर र मार्क इडवार्ड वागले समान १८र१८ वटा शतक बनाएका छन् ।
अब एरोन फिन्चले आफ्नो ध्यान यही वर्ष हुने टी–२० विश्व कपमा रहने बताएका छन् । टिमको कप्तानी पनि उनले नै गर्नेछन् । फिन्च केही समयमता खेलमा राम्रो रन बनाउन सकिरहेका थिएनन् र यही कारण उनले एकदिवसीय क्रिकेटबाट सन्न्यास लिने बताएका हुन् । फिन्चले आफू केही यादगार एकदिवसीय शृङ्खलाको हिस्सा बन्न पाएकोमा खुसी पनि व्यक्त गरेका छन् ।

प्रकाशित : २५ भाद्र २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६