बबिता गिरी
कपिलवस्तु, २५ भाद्र । जिल्लाको कपिलवस्तु नगरपालिकाका युवा क्लब र बाल समुह संन्जालले शनिबार विदाको दिनको सदुपयोग गर्दै गरे सरसफाई तथा वक्तित्वकला प्रतियोगिता। एेतिहासिक तथा पुरातात्विक स्थल भगवान गौतम बुद्धको राजदरबार तिलौराकोटमा सरसफाई गरि दरबारको सौन्दर्य बढाएका छन् । विभिन्न देशबाट घुम्नकोलागि बार्षिक लाखौं पर्यटक आउने गर्छन् । आन्तरिक तथा बाह्य पर्यटक आउने यस स्थलमा फोहोर व्यवस्थापनका लागि ठाउँ ठाउँमा डस्टविन राखिता पनि सहि रुपमाले सदुपयोग हुन नसकेको र फोहोरमैला जथाभावी फैलिएको हुनाले सरसफाई कार्यक्रम गरिएको तिलौराकोट युवा क्लब तथा सुचना केन्द्रका अध्यक्ष राम शब्द यादवले बताए। हाम्रो देशलाई विश्व माझ चिनाउने तिलौराकोट दरबारमा वरिपरिको बाटो घाटो जिर्ण अवस्थामा रहेको र फोहोरको व्यवस्थापनको लागि कपिलवस्तुको नगरपालिका र लुम्बिनी बिकास कोषले विशेष ध्यानदिनु पर्ने नगर स्तरीय वाल समुह संन्जालको सदस्य मुना गिरीले बताउनुभयो । सो कार्यक्रममा करिब ३५ जनाको उपस्थिति रहेको थियो।
प्रतिक्रिया