अर्थ-वाणिज्य

दशैं नजिकिएसँगै फस्टाउँदै सीमापारीका बजार:धमाधम लुटिदै नेपाली




भैरहवा २५ भदौ ।दशैं नजिकिँदै गर्दा स्थानीयहरू सीमापारि सुनौली बजारमा सामग्री किनमेलका लागि जानेक्रम बढेको छ । नेपाली बजार महँगो भन्दै सस्तो पाइने आसमा स्थानीयहरू सीमापारि जानेगरेका छन् । दशैंका लागि कपडा किन्न सुनौली पुग्नुभएकी पाल्पाकी समिता दवाडीले सस्तो पाइने भएकाले सुनौलीमा आएको बताउनुभयो । विगत वर्षभन्दा यस पटक सुनौलीमा पनि महँगी बढेको उहाँले अनुभव सुनाउनुभयो ।सुनौलीमा रहेका करिब छ सय पसलेले चाडपर्वका बेला राम्रो व्यापार गर्नेगरेका छन् । भारतको उत्तर प्रदेश, महाराजगन्ज जिल्लामा पर्ने सुनौली बजारमा सबै सामान पाइने भएकाले नेपालीहरू सस्तोको लोभमा सीमापारि दौडिन्छन् । विवाह, व्रतबन्ध र चाड पर्वमा चाहिने चिजबिजदेखि दैनिक उपभोग्य बस्तुसम्म किन्न नेपाली उपभोक्ताको ओइरो लाग्छ ।
कोरोना महामारीपछि सुनौलीमा नेपाली उपभोक्ताको चाप केही मात्रामा घटेको छ । ३० वर्षदेखि किराना व्यापार गर्दैआएका इस्तफुर रहमानले सीमाको बजारप्रति दुवै तर्फको सरकारी नीतिले सुनौलीमा व्यवसाय फैलिन नपाएको बताउनुभयो । सीमा बजारमा कालोबजारी मात्र हुन्छ भन्ने भ्रमका कारण व्यवसाय बढ्न नसकेको उहाँको बुझाई छ ।केहि चिज सस्तो देखाएर नेपालीलाई लुट्ने सिमापारीका ब्यापारी मौलाएका छन् ।

प्रकाशित : २५ भाद्र २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६