कृषि

तिलोत्तमाका कृषकलाई बाली उपचार शिविर



बुटवल २७ भाद्र ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले धानको गाँज सुक्न थालेपछि कृषकहरुका लागि बालि उपचार शिविर सञ्चालन गर्ने भएको छ । धानको गाँज मर्ने तथा बोट कुहिने समस्या देखा परेपछि नगरका सबै वडाहरुलाई परिपत्र गरी समस्याग्रस्त धानको नमूनासहित कृषकलाई उपस्थित हुन आग्रह गरेको छ ।
नगरपालिकाले आइतबार सबै वडा कार्यालयहरुलाई पत्रकार गरी मँगलबार विहान नमूनासहित कृषकहरुलाई शिविरमा उपस्थित हुन आग्रह गरेको हो । राष्ट्रिय गहुँ बाली अनुसन्धान कार्यक्रम भैरहवा तथा कृषि ज्ञान केन्द्र भैरहवाका विज्ञहरुबाट समस्या बारे जानकारी लिने तथा उपचारको उपाय बारे छलफल हुने जनाइएको छ । तिलोत्तमा–१६ विन्दबासिनी मन्दिर परिसरमा आयोजना हुने शिविरमा कृषकका बाली सम्बन्धि समस्या बारे छलफल हुने भएको हो ।

प्रकाशित : २७ भाद्र २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६