कपिलवस्तु, २७ भाद्र ।बाणगंगा स्तरिय युवा क्लवको बैठक सम्पन्न भएको छ । विभिन्न महत्वपूर्ण निर्णय गर्दै क्ल्वको बैठक नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो ।क्लवले आगामी असोज ३ गते संविधान दिवसका अवसरमा रक्तदान कार्यक्रम गर्ने निर्णय गरेको क्लवका अध्यक्ष मधुसुदन भुसालले जानकारी दिए । क्लवले नेपाल नियमित रक्तदान संघसंगको सहकार्यमा उक्त कार्यक्रम गर्न लागेको अध्यक्ष भुसालले बताए ।यस्तै बैठकमा असोज १३ गते विश्व ओजन तह बचाउ दिवसको दिन वृक्षरोपण कार्यक्रम गर्ने निर्णय समेत भएको उनले बताए । बाणगंगा- ८ मा रहेको ओशोधाममा वृक्षरोपण गर्ने लागिएको उनले बताए ।क्लवका अध्यक्ष मधुसुदन भुसालको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्ला युवा परिषदका अध्यक्ष टुकलाल गैरे, क्लवका अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
२७ भाद्र २०७९, सोमबार








प्रतिक्रिया