काठमाडौं, २८ भाद्र । वन तथा वातावरणमन्त्री प्रदीप यादव जलवायु परिवर्तनसम्बन्धी अल्पविकसित देश समूहको मन्त्रिस्तरीय तथा रणनीतिक बैठकमा सहभागी हुन सेनेगल प्रस्थान गर्नुभएको छ ।
बैठकमा मन्त्री यादवले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप–२७) मा जलवायु परिवर्तन वार्ता, मुख्य मुद्दा र चुनौतीहरूको सम्बन्धमा नेपालले उठान गर्ने विषयका बारेमा छलफल गर्नुहुने छ ।
मन्त्री यादवको सचिवालयका अनुसार तीन दिन सञ्चालन हुने बैठक सकेर मन्त्री यादव यही शुक्रबार स्वदेश फर्किने तय भएको छ ।








प्रतिक्रिया