प्रदेश

खोलामा पुल नबन्दा स्थानीयलाई सास्ती



सैनामैना २८ भदौ। रुपन्देही सैनामैनाको ईगुरिया खोलामा पुल नबन्दा मानवीय क्षति भइरहेको छ । सो खोला तर्नेक्रमा पन्ध्र वर्षमा १० जनाको ज्यान गएको स्थानीयको भनाई छ । गत चार बर्षअघि रुपन्देही सैनामैना नगरपालिका ४५ वर्षिय हरिहर मल्लाह ७ बर्षिया छोरी लिएुर घर फर्किदा सो खोलाले बाउछोरीलाई बगाएको थियो । खोलामा पुल नहुँदा जोखिम मोलेर तर्नुको बिकल्प नरहेको स्थानीयले बताएका छन् ।
स्थानीय बासिन्दाका अनुसार प्रत्येक चुनाबमा ईगुरिया खोलामा पुल हालिदिने, बाटो पक्की गरिदिने नेताहरुले आश्वासन दिए पनि काम नगरिदिएको स्थानीयको गुनासो छ । खोलामा पुल नहुँदा कृषिजन्य काममा पनि समस्या परेको उहाँहरुको गुनासो छ ।
स्थानीय चन्द्रकुमारी कुमालका अनुसार यो खोलाले बर्षेनी मान्छे मार्छ, अझै कति मान्छेको ज्यान जाने हो थाहा छैन । आफ्नो श्रीमान कृष्ण कुमालले पनि सोही खोलामा बगेर ज्यान गुमाएको उहाँले दुःख व्यक्त गर्नुभयो ।
अर्का स्थानीय कमला ज्ञवालीले भन्नुभयो, “हाम्रो साथी देउमाया, डा। सिजाली बुवा अरु पनि धेरैको ज्यान यो खोलाले लिइसकेको छ, खोलामा पुल बनाउन माग गरेको धेरै समय भयो तर कसैले सुनेन ।”
सैनामैना नगरपालिकाको वडा ५ अलि बिकट क्षेत्रसम्म फैलिएको छ । सो नदीको करिब ५ किमिमाथि पुल भए पनि गाउँमा पुल निर्माण भएको छैन । सो वडाका अध्यक्ष धनप्रसाद पौडेलका अनुसार खोलामा ५ वटा पुलको आवश्यकता छ । त्यसका लागि माग गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
सैनामैना नगरपालिकामा ७ वटा खहरे खोलाहरु दानब नदी, घमहा नदी, बनरहवा, तुलबुलिया आदि नदी रहेको उहाँले जानकारी दिनुभयो । खोलामा पुल नहुँदा त्यहाँका करिब पन्ध्र हजार नागरिकलाई सास्ती भएको वडा अध्यक्ष पौडेलले बताउनुभयो ।

प्रकाशित : २८ भाद्र २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६