रोल्पा, २८ भाद्र । रोल्पामा टिकटक बनाउने क्रममा खोलाले बगाएर एक किशोरीको ज्यान गएको छ । खोलाले बगाएर सुनिल स्मृति गाउँपालिका ४ सुलिचौरकी १४ वर्षीया फरिदा खातुनको ज्यान गएको प्रहरीले जनाएको छ ।स्कुलबाट फर्केर टिकटक बनाउनका लागि साथीहरूसँग खोलामा खेल्न गएकी खातुनलाई सुलिचौर बजारदेखि नजिकै रहेको फगाम खोलाले बगाएर बेपत्ता बनाएको थियो । बेपत्ता भएको खबर पाएलगत्तै प्रहरी र स्थानीयवासीले खोजी गर्दै जाँदा सुनिलस्मृति गाउँपालिका २ खुङ्ग्रीको सोनु पेट्रोल पम्प नजिकै लुङ्ग्री खोलाको किनारमा उनको शव भेटिएको प्रहरीले जनाएको छ ।फरिदा खातुन, नाजुमा खातुन र अर्का एक जना गरी तीन जना किशोरी खोलाको किनारमा टिकटक बनाउँदै खेल्ने क्रममा फरिदालाई खोलाले बगाएको थियो । साथीलाई खोलाले बगाएपछि उनीहरूले नजिकै माछा मार्न गएका व्याक्तिलाई खबर गरेका थिए ।
२८ भाद्र २०७९, मंगलबार
प्रतिक्रिया