ब्रेकिंग न्युज

मानिस सङ्गै, दिनहुँ छाडा पशुचौपाया मर्दै,’ स्थानिय सरकार भने मूकदर्शक



चेतन बिष्ट, कपिलवस्तु ।
गए राति करिब १० बजे तिर पुर्वपश्चिम राजमार्ग अन्तर्गत चारनम्बरमा गाडीको ठक्करबाट एउटा छाडा चौपाया मर्यो, केहि दिन अघि मात्र बुद्धभुमी नगरपालिका–२ पानीधारामा चौपायासँग मोटरसाइकल ठोक्किँदा अर्घाखाँचीको शितगंगा नगरपालिका–१३ बाहुनखर्कका २६ वर्षीय पुष्कर भट्टराईको मृत्यु भयो ।यि त छाडा चौपायाकै कारण निम्तिएका प्रतिनिधि घटना मत्र हुन । यस्ता घटना कपिलवस्तुको बाणगङ्गा, बुद्धभुमि, शिवराज, कृष्णनगर, तौलिहवा लगायत १० वटै पालिकामा दिनहुँ जसो हुने गर्दछन । सडकमा हुने प्राय दुर्घटना छाडा चौपायाकै कारण हुने र त्यस्ता दुर्घटना बाट कयौँ मानिस र चौपायाको मृत्यु भैरहेको छ । विगत केही वर्षयता जिल्ला वासीले खेपीरहेको यस्तो गम्भिर समस्यामा स्थानिय सरकार भने मूकदर्श बनिरहेको छ ।

रास्ट्रिय जनावर, हिन्दु परम्परा अनुसार लक्ष्मी तथा गौमाता को रुपमा प्रत्येक नेपाली ले पुज्ने गरेको जनावर अहिले यसरी बेवास्ताका कारण दिनहुँ मर्नाले सिङ्गो मानव जगत माथि नै गम्भीर प्रश्न चिन्ह खडा भएको छ । त्यती मात्र हैन बाणगंगाका पिपरा, बैजलपुर, बैरीया, बोडगाउँ, बनगाइ लगायत जिल्लाका सबैजसो पालिकामा लगाएको धान लगायतका बालि छाडा चौपायाकै कारण नष्ट भएको र अझै पनि यसको उचित व्यवस्थापन नगरे खेती गर्नै नसकिने अवस्था आउन सक्ने भन्दै किसानहरुले दुख पोखेका छन । त्यस्तै चौपायाकै कारण सुन्दर बनाउन खोजिएका जिल्लाका सडकमा फोहोर र दुर्गन्ध बढेको पनि हामिले देख्न सक्छौ ।त्यसो त जिल्लामा छाडा रुपमा रहेका पशुचौपाया कपिलवस्तुका मात्र भने पक्कै हैनन । जिल्लामा अर्घाखाँची, रुपन्देही लगायतका जिल्ला बाट पछिल्लो समय आफूले पालेका पशुहरु ल्याएर छोड्नाले, भारतीय नाकाहरुबाट भारतीय कृषकहरुले गाई गोरुहरु धपाएर नेपाल पठाउने गरेकाले पनि यहाँ तिब्र रुपमा छाडा पशुचौपाया वृद्धि भएको हो ।

कपिलवस्तुका दशवटै पालिकामा पशु चौपाया व्यवस्थापन चुनौतीको रुपमा रहेको छ । विगतका निर्वाचन र अहिलेको स्थानीय तहको निर्वाचनमा पनि छाडा चौपाया व्यवस्थापनको मुद्दा भने नउठेको भने हैन, तर जित हात पारेकै जनप्रतिनिधि बाट अहिले यो मुद्धालाई ओजेलमा पार्नु दुखद भएको स्थानियको गुनासो रहेको छ ।त्यसो त छाडा चौपाया व्यवस्थापनका लागि भनेरै केही दिन पहिला जिल्लाको बुद्धभूमि नगरपालिका ९ को गब्दाहवामा सय हेक्टर क्षेत्रमा तारबार गर्ने निर्णय पनि गरीयो । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको अध्यक्षतामा बसेको सुरक्षा प्रमुख र पालिका प्रमुखहरुको बैठकले उक्त निर्णय गरेको थियो । छाडा चौपायाको ब्यवस्थापन प्रयोजनका लागि उक्त क्षेत्रमा डिभिजन वन कार्यालय गौतमबुद्धसंग समन्वय गरी तारबार गरी संरक्षण गर्ने निर्णय गरीएको थियो । यसरी पटक पटक कागजी समझदारी गरी व्यवस्थापन गर्ने कुरा चले पनि अहिले सम्म दिर्घकालिन रुमा यसको समधान नहुनुले स्थानिय सरकार समक्ष गम्भिर प्रश्न चिन्ह खडा भएको छ ।

प्रकाशित : २९ भाद्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६