प्रदेश

बालेनविरुद्ध एमाले कार्यकर्ता सडकमा




काठमाण्डौं, ३० भाद्र ।
अवैध संरचना भत्काउने काठमाडौँ महानगरको अभियानसँग महेश बस्नेतलगायत नेताहरु असन्तुष्ट भइरहेका बेला एमालेसम्बद्ध मजदुर संगठन जिफन्टको अगुवाइमा ठेला व्यवसायीहरु सडकमा ओर्लिएका छन् । काठमाडौँ महानगरविरुद्ध जिफन्टअन्तर्गत नेपाल स्वःरोजगार श्रमिक व्यापार संघको नेतृत्वमा व्यापारीहरू आज आन्दोलनमा उत्रिएका हुन् ।

मेयर बालेन साहले महानगरभित्र फुटपाथमा व्यापार गर्न रोक लगाएपछि त्यसको विरोधमा उत्रिएका व्यापारीहरूले नाराजुलुससहित काठमाडौं महानगरपालिका कार्यालयअगाडि विरोध प्रदर्शन गरेका छन् । आज बिहान सवा ११ बजे सुन्धाराबाट निस्केको जुलुस शहीद गेट हुँदै महानगरअगाडि पुगी कोणसभा गरिएको छ ।

जिफन्ट अध्यक्ष माया गुरुङको नेतृत्वमा सडकमा आएका प्रदर्शनकारी ब्यापारीहरुले फुटपाथ र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै महानगरविरुद्ध चर्को नाराबाजी गरेका थिए । उनीहरुले ‘हामीलाई गरिखान देऊ’, ‘स्वरोजगार श्रमको सम्मान गर’, ‘कि विकल्प देउ कि रोजगार देउ’, ‘हामीलाई बाच्न देउ’ लगायत नारा लगाए ।यता, आन्दोलनलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी हुन थालेका छन् । फुटपाथमा व्यापारीसँग हप्ता उठाउन नपाएर दलका नेताले आन्दोलन गराएको आरोप सञ्जाल प्रयोगकर्ताहरुको छ ।

पार्टीका गुण्डा नाइकेहरुको निर्देशनमा सडकमा आएको भन्दै एक जना सञ्जाल प्रयोगकर्ता लेख्छन्, ‘फुटपाथमा व्यापार गर्न नपाएको झोकमा आन्दोलन हप्ता उठाएर खान पल्केका हरेक पार्टीका गुण्डा नाइकेहरुको निर्देशनमा कपुतहरु सडकमा । अनि कहिले बन्छ सुन्दर र सभ्य शहर ।’

यसअघि बानेश्वरको अल्फाबिटा हाउसको अवैध संरचना हटाउन पुगेका मेयर बालेन र त्यहाँका सञ्चालकबीचको भनाभनको घटनामा पनि केही राजनीतिक दलका नेता महानगरविरुद्ध उत्रिएका थिए । ठूला व्यापारीसँग गुप्त आर्थिक सम्बन्ध भएकै कारण ति नेता अल्फाबिटाको पक्षमा ज्यान फालेर लागेको कतिपयले त्यतिबेला पनि टिप्पणी गरेका थिए । साभार

प्रकाशित : ३० भाद्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६