प्रदेश

लुम्बिनी प्रदेशको नगरपालिका संघको संयोजकमा पन्थी,सह-संयोजकमा अर्याल




रूपन्देही, ३० भदौ।रूपन्देही नेपाल नगरपालिका संघ लुम्बिनी प्रदेशको संयोजकमा रेसुंगा नगरपालिका गुल्मीका प्रमुख खिलध्वज पन्थी निर्विरोध निर्वाचित भएका छन् । बिहीबार लुम्बिनी प्रदेशको भैरहवामा सम्पन्न नगरपालिकाका प्रमुख र उपप्रमुखहरूको भेलाले पन्थीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।पन्थी नेपाली कांग्रेस गुल्मीका सभापति हुन् । भेलाले सहसंयोजकमा बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणि अर्याललाई चयन गरेको छ । उनी एमालेबाट निर्वाचित भएका हुन् ।

जनप्रतिनिधिहरूले संघलाई प्रदेशका सबै नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरूको प्रतिनिधित्व हुने गरी सहमतिमा कार्यसमिति चयन गर्ने नीति बनाएका छन् । यसअघि नगरपालिका संघको संयोजकमा बुटवल उपमहानगरपालिकाका प्रमुखमा शिवराज सुवेदी थिए ।नगरपालिका संघमा लुम्बिनी प्रदेशमा पहिलो हुने पार्टीले संयोजक र दोस्रो दलले सहसंयोजक लिने व्यवस्था छ । भेलाले माओवादी केन्द्र, जसपा, जनमोर्चालगायत दललाई सदस्य दिएको र १५ सदस्यीय संघ बनेको पूर्वसंयोजक सुवेदीले बताए ।

प्रकाशित : ३१ भाद्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६