जीवनशैली

मध्य र पश्चिम नेपालमा भारी वर्षाको सम्भावना



काठमाडौं ३१ भाद्र। आज मध्य र पश्चिम नेपाल क्षेत्रका धेरै स्थानमा वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा वर्षा हुनसक्छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा ठूलो पानी पर्ने सम्भावना पनि छ ।
राति लुम्बिनी र सुदूरपश्चिमका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी तथा बाँकी प्रदेशका तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
शनिबार लुम्बिनी र सुदूरपश्चिमका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भूभागमा सरदर स्थानमा र पूर्वी भूभागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको छ। भारतको उत्तर प्रदेशको आसपासमा न्यून चापीय क्षेत्र पनि अवस्थित छ ।

प्रकाशित : ३१ भाद्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६