कृषि

लुम्बिनीमा उद्यमी सामाजिक उत्सव : कर्मठ सहकारीलाई ‘राष्ट्रिय स्वर्णिम प्रतिभा’ पुरस्कार



बुटवल ३१ भाद्र । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक कुमार शेरचनले कृषिको विकास विना आर्थिक समृद्धिको परिकल्पना गर्न नसक्ने बताएका छन् । हेफर ईन्टरनेशनको आयोजानमा लुम्बिनीमा भएको उद्यमी सामाजिक उत्सव, पुरस्कार तथा सावारी साधान वितरण कार्यक्रमलाई संवोधन गर्दै प्रदेश प्रमुख शेरचनले कृषिबाट नै देश समृद्धिको परिकल्पना गर्न सकिने भन्दै सोही अनुसारको योजना विकास गर्नुको विकल्प समेत नभएको बताएका हुन ।
कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले कृषि तथा पशुपालन क्षेत्रबाट किसानहरुको साथै देशले समेत आर्थिक उपार्जनमा महत्पूर्ण भुमिका खेल्ने भन्दै यसमा सबैको साथ र सहयोग आवश्यक रहेको बताएका थिए । कार्यक्रममा बोल्दै हेफर ईन्टरनेशनल नेपालका कन्ट्री डाईरेक्टर शुभनारायण महतोले कृषि तथा पशुपालन क्षेत्रमा हेफरको योगदान उच्चतम रहेको बताए । यस्तै हेफर ईन्टरनेशनलका बरिष्ठ उपाध्यक्ष महेन्द्र लोहोनीले किसानहरुको सहभागीतमा चेन रुपमा महिला उद्यमी विकास, समुह सहकारी मार्फ देशै भरी नै उत्साह थप्न योजना सफल भएको बताए । कार्यक्रम निर्देश डा। तिर्थ रेग्मीले २५ जनाको समुहबाट सुरुवात भएको हेफरको नेपाल अभियान हाल साढे ४ लाखमा विस्तार भएको बताए । २५५ वटा सहकारीको मुल्याङ्कन र वार्षिक प्रगतिका आधारमा एक सहकारीलाई राष्ट्रियस्तरको पुरस्कार र तीन वटा सहकारीले क्षेत्रिय स्तरको पुरस्कारका लागि छनौट भएका छन् ।
कर्मठ सहकारी राष्ट्रिय स्वर्णिम प्रतिभा पुरस्कारबाट सम्मानित
दाङ्ग जिल्लाको लमही नगरपालिका वडा नं। ९ मा अवस्थित कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले ३ लाख नगद र सम्मान पत्र सहित राष्ट्रिय स्वर्णिम प्रतिभा पुरस्कार प्राप्त गरेको छ । सिन्धुली जिल्लाको धौली नगरपालिका वडा नं। ८ मा अवस्थित प्रयास सामाजिक उद्यमी महिला सहकारी संस्थाल लिमिटेड, कास्की जिल्लाको माछापुच्छे गाउँपालिकामा अवस्थित प्रतिभा सामाजिक उद्यमी महिला सहकारी, कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिकामा अवस्थित विहानी सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडहरुले १ लाख ५० हजार नगद र सम्मानपत्र सहित क्षेत्रिय स्वर्णिम प्रतिभा पुरस्कार प्राप्त गरेका छन ।

प्रकाशित : ३१ भाद्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६