जीवनशैली

गुल्मीमा बालकलाई बाँधेर झोलुङ्गोमा



गुल्मी १ असोज । गुल्मीको सत्यवती गाउँपालिका–५, हँसराका ११ वर्षीय रामु बुढाथोकीलाई अभिभावकले हात–खुट्टा बाँधी झोलुङ्गोमा झुन्डाएर राख्ने गरेका छन्।
घरको जेठो सन्तान रामुलाई पछ्यौरीले हात–खुट्टा बाँधेर झोलुङ्गोमा राखेका हुन्। विगत सात÷आठ वर्षदेखि मानसिक रोगबाट पीडित रामुलाई उपचार गर्न नसक्दा यसरी बाँधेर राख्नुपरेको अभिभावकले बताए।
मानसिक समस्या पीडित रामुले टाउको भुइँमा ठोकेर रगताम्मे बनाउने, शरीरभर चोट पार्ने, चिथोर्ने र कोपर्ने भएकाले बाँधेर राख्नुपरेको आमा देउकुमारीले बताउनुभयो।
सो रोग लागेपछि रामु धेरै उफ्रने र टाउको भुइँमा ठोक्ने भएकाले लौरो देखाएर तर्साई सम्हाल्न नसकिने अवस्था आएको उहाँका बुबा कमल बताउनुभयो।
उहाँका अनुसार जमिनमा टाउको बढी ठोक्ने भएकाले झोलुङ्गो बनाएर माथि राखिएको हो। रामुका लागि घरमा एक जना बस्नुपर्ने बाध्यता छ। उनलाई उपचारका लागि भारतसम्म नपुराएको होइन तर ‘बीसको उन्नाइस’ भएन, उहाँले थप्नुभयो, उपचारका लागि लाखौँ रुपियाँ लाग्ने भएपछि बाँधेर राख्न बाध्य भएका हौँ।
बुढाथोकी परिवार आर्थिक हिसाबले निकै कमजोर छ। सत्यवती गाउँपालिका अध्यक्ष टीकाराम पाण्डेले मानसिक समस्याबाट पीडित बालकको पालिकाले स्वास्थ्य बीमा गरी उपचारका लागि काठमाडौँसम्मको भाडा र उपचार खर्च दिने आश्वासन दिनुभयो।

प्रकाशित : १ आश्विन २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६