प्रदेश

बर्दियाको ठाकुरबाबामा एक सयभन्दा बढी घर डुबानमा



बर्दिया, ०१ असोज । गएरातिदेखि परेको अविरल वर्षाका कारण बर्दियाको बबई नदीमा आएको बाढीले खतराको तह पार गरेको छ। बर्दियालगायत आसपासका क्षेत्रमा निरन्तर वर्षा भएपछि नदीमा पानीको सतह बढेको हो।

बबई नदीको चेपाङमा पानीको सतह ६ दशमलव १३ मिटर पुगेको छ । चेपाङमा ५ दशमलव ५० मिटर पुगे चेतावनी र ६ दशमलव १० मिटरलाई खतराको तह मानिन्छ ।

लगातारको वर्षाका कारण ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ का प्रायजसो गाउँ डुबानमा परेका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्ज भित्रबाट आएको बाढी गाउँमा पस्दा वडाका एक सयभन्दा बढी घर डुबानमा परेका हुन् । डुबान प्रभावित परिवारलाई उद्धार गरी स्थानीय विद्यालय र वडा कार्यालयमा राखिएको वडा नम्बर ७ का वडाध्यक्ष कलम विष्टले जानकारी दिनुभयो ।

वर्षा अझै भइरहेकाले बबई नदीका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने समुदायलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय बर्दियाले आग्रह गरेको छ। यस्तै गएरातिदेखि कर्णाली नदीको पनि जलस्तर बढेर चेतावनी तहसम्म पुगेको छ ।

प्रकाशित : १ आश्विन २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६