प्रदेश

चट्याङ लागेर बाणगंगाका एक पुरुष घाइते



कपिलवस्तु, ०१ असोज । कपिलवस्तुको बाणगंगा नगरपालिकामा चट्याङ लगेर शनिबार एक पुरुष घाइते भएका छन् ।कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ स्थित लक्ष्मणघाटमा मलामी गएका वडा नम्बर ३ सिउटीका वर्ष ४४ का शिवनारायण थारुलाई लक्ष्मणघाटमा चट्याङ लागेको हो ।

थारुलाई चट्याङ लागि घाइते भएपछि तत्काल उपचारका लागि बनगाई स्थित पाथिभरा पोलिक्लिनिकमा लगिएको थियो । समान्य उपचार पछि भैरहवा पठाइएको क्लिनिकका संचालक विष्णुबहादुर रायमाझीले बताउनुभयो ।

थारु बाणगंगा नगरपालिका वडा नम्बर ३ बाट लक्ष्मणघाटमा मालामी गएका थिए । उनको अवस्था सामान्य रहेको बताइएको छ ।

प्रकाशित : १ आश्विन २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६