कपिलवस्तु, ०१ असोज । हाम्रो दिगो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापना दिवसको अवसरमा वृहत निःशुल्क आखाँ शिविर सम्पन्न गरेको छ । वि.स. २०६६ सालमा स्थापना भई आर्थिक क्रियाकलापमा मात्र नभई निरन्तर रुपमा सामाजिक र मानवीय कार्य गर्दै आएको सहकारीले स्थापना दिवसको अवसरमा निःशुल्क आखाँ शिविर सम्पन्न गरि स्थापना दिवस मनाउने कार्यको शुरुवात गरेको छ ।वडा नं. २ वडा कार्यालयको प्राङ्गणमा सम्पन्न उक्त शिविरमा ५ सय १२ जनाले आँखा जाँच गराएका छन् । जसमध्ये ३५ जना मोतिया विन्दु भएका विरामी फेला गरेका छन् उनीहरुलाई बुटवल लायन्स आँखा अस्पतालमा सोमवार र मंगलवार निःशुल्क अप्रेसनको व्यवस्था गरिएको सहकारीका अध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिनुभएको छ । त्यस्तै आँखा चेकजाँच गर्नुका साथै निःशुल्क औषधी वितरण गरिएको छ भने २ सय ५० जनाको निःशुल्क मधुमेह चेकजाँच गरिएको सहकारीले जनाएको छ । उक्त कार्यक्रममा लायन्स क्लव अफ कपिलवस्तु, लियो क्लव अफ कपिलवस्तुको सहयोग बुटवल लायन्स आँखा अस्पताल र भैरव आँखा उपचार केन्द्रको प्राविधिक सहयोग रहेको थियो ।निःशुल्क सेवा लिएसंगै विरामीहरुले खुसी व्यक्त गर्दै धन्यवाद व्यक्त गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि वडा नं. २ का वडाध्यक्ष बिष्णु प्रसाद पौडेलले सहकारीले गरेको कार्य उदाहरणिय रहेको बताउदै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।सहकारीका पुर्व अध्यक्ष शिवकुमार कार्कीले सहकारीले ईतिहासमा मानवीय कार्य गरि स्थापना दिवस मनाएको बताउनुभयो ।त्यस्तै लायन्स क्लव अफ कपिलवस्तुका आई.पि.पि. धातानन्द भुसालले मानवीय र सामाजिक कार्यमा लायन्स क्लव सदैव सहकार्य रहेको बताउनुभयो ।.विपन्न तथा आर्थिक अवस्था कमजोर भएका नागरिकहरुलाई लक्षित गरि आयोजना गरिएको उक्त कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने लायन्स क्लव अफ कपिलवस्तु, लियो क्लव अफ कपिलवस्तु, बुटवल लायन्स आँखा अस्पताल र भैरव आँखा उपचार केन्द्र लगायत सम्पुर्णलाई सहकारीका अध्यक्ष पाण्डेले धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँले सहकारीले आर्थिक क्रियाकलाप मात्र नभई मानवीय तथा सामाजिक कार्यहरु गर्दै निरन्तर अगाडि बढ्ने बताउनुभयो ।कार्यक्रम सहकारीका सचिव सञ्चालन यादव मरासिनीको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया