कपिलवस्तु २५ असोज । दशैको टिका लगाउन उइङगर मार्फत आउदै गरेकी यूवतीलाई वलात्कार गर्ने २ जना पक्राउ परेका छन् । अर्घाखाँची घर भएकी अन्दाजी २० वर्षकी एक युवती असोज २० गते दशैंको टीका लगाउन वाणगंगा ७ वनगाइमा बुटवलबाट आउदा २८ वर्षका सहचालकले ती युवतीलाई राती भयो तिमी अलपत्र पर्छाै भनि ललाई फकाई आफ्नो मामाघर ४ न. मा २ दिन राखेका थिए ।
त्यसको पर्सिपल्ट बुटवल घुमाउन लगेको र सोही क्रममा बलत्कार भएको यूवतीको भनाइछ । बुटवलवाट फर्काएर बनगाई ल्याई अर्को साथीलाई युवतीको गाउँ अर्घाखाँची पु–याउने जिम्मा लगाएको पिडित युवतीले बताएकी छन । साथीले मोटरसाईकलबाट पु–याउछ भनेर छाडेका थिए । बीच बाटोमा पुगी बाटो बिग्रेको रहेछ भनि पुन अर्काे ब्यक्तिले पनि ती यूवतीलाई बलात्कार गरेकाथिए । तत पश्चात पुन बनगाईमा फर्काएर मोटरसाईकलमा पेट्रोल सिद्धियो भनि युवतीलाई त्यही छोडेर फरार भएको युवतीको भनाइछ ।
युवती बनगाई प्रतिक्षालयमा सुतेको अवस्थामा स्थानियले ईलाका प्रहरी कार्यालय पिपरालाई सूचना गरेपश्चात युवतीलाई सोधखोज गरी १ जनालाई २२ गते नियन्त्रणमा लिएको र अर्को अन्दाजी ३२ वर्षकोलाई २३ गते नियन्त्रणमा लिई म्याद थपका लागि अदालत पठाएको पिपराका निरीक्षक दिपक वावुले केसीले जानकारी दिनु भयो ।
प्रतिक्रिया