२८ असोज, काठमाडौं । लामो समयपछि त्रिभुवन विश्वविद्यालय पदाधिकारीहरुको कार्यकक्षको ताला खुलेको छ । ताला लगाइएको करिब तीन महिनामा अहिले त्रिवि केन्द्रीय कार्यालय तालाबन्दी मुक्त भएको हो ।असार २७ गतेदेखि रेक्टर, शिक्षाध्यक्ष कार्यलयमा र उपकुलपतिको सचिवालय र कार्यकक्षमा नेविसंघ त्रिवि इकाइले लगाएको ताला बिहिबार खोलिएको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिए ।उनका अनुसार नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले ताला खोलेका छन् ।
उनले भने, ‘हिजो नेविसंघको केन्द्रिय पदाधिकारी आएर ताला खोलेर जानुभयो । अब त्रिवि पूर्ण रुपमा खुलेको छ ।’ नेविसंघका केन्द्रिय अध्यक्ष शेर्पाले भदौ २७ गते त्रिवि नेविसंघ समितिको बिघटन गरे ।त्रिविको आर्थिक प्रशासन महाशाखाको मुख्य कक्षमा उपत्यका नेविसंघले असार २७ गते लगाएको ताला असोज ५ गते खोलिएको थियो ।त्रिभुवन विश्वविद्यालयमा निरन्तर तालाबन्दीको कारण शिक्षक, कर्मचारीहरुको तलबभत्ता रोकिएको, निवृत्त शिक्षक एवं कर्मचारीहरुले पेन्सनलगायत रोकिएपछि त्रिवि कर्मचारीहरुले ताला खोल्न अपील गर्दै विज्ञप्ति निकालेपछि ताला खुलेको थियो ।








प्रतिक्रिया