माधव बेल्वासे
कपिलवस्तु ३ कात्तिक।कपिलवस्तुको शिवराज नगरपालिकामा डेङ्गी रोगका बिरामी बढेपछि सचेतना बढाउन मेयर अजय थापा विद्यालय पुगेका छन् । बिहीबार स्वास्थ्यकर्मी सहितको टोली शिवराज नगरपालिका १ शिवपुरमा रहेको नेपाल आदर्श माध्यमिक विद्यालयमा सचेतना कार्यक्रम गर्न पुगेका हुन ।डेङ्गी रोग रोकथाम , नियन्त्रण र महामारीका विषयमा विद्यार्थी सचेत भई सरसफाइ तर्फ विशेष ध्यान दिनु पर्ने नगर प्रमुख अजय थापाले बताए ।विद्यार्थीहरूले आफ्नो अभिभावकलाई घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुर्न लगाउने, हात खुट्टा छोपिने कपडा लगाउन अनुरोध गरे । साथै डेङ्गु रोग नियन्त्रण र रोकथामका लागी विद्यार्थी शिक्षक सबैले हातेमालो गरी यो अभियानलाई सफल पार्नु पर्ने बताए ।
विद्याथीहरु भोलीको भविष्य भएका कारण आज्ञाकारी, अनुशासित भई राम्रो संग अध्ययन गरी उज्जवल भविष्य निर्माणमा लाग्न नगर प्रमुख थापाले विद्यार्थी उत्प्रेरित गरे।सचेतना कार्यक्रममा डेङ्गी रोग कसरी लाग्छ? यो रोग लाग्न बाट कसरी बच्न सकिन्छ ? रोगका लक्षणहरू केके हुन ? भन्ने विषयमा शिवपुर स्वास्थ्य चौकी अहेब वीरेन्द्र मिश्र, जितबहादुर विसी र शिवराज आधारभूत अस्पतालका प्रमुख डाक्टर महेश गुप्ताले विद्यार्थी ,शिक्षकहरूलाई जानकारी गराएका थिए । कार्यक्रममा शिवराज नगरपालिका वडा नं. १ का वडा अध्यक्ष खिमविक्रम बहादुर के.सी.,नेपाल आदर्श माध्यमिक विद्यालय प्रधानाध्यापक मुक्तिनाथ पोखरेल सहित शिक्षक विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया