ब्रेकिंग न्युज

बाणगंगामा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना अपडेट : दुर्घटनाग्रस्त ट्रकमा मदिरा भेटिएको स्थानीयको आरोप



कपिलवस्तु ४ कात्तिक ।
कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार साँझपख जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ३ सिउटीमा भएको सशस्त्र प्रहरीको ट्रक दुर्घटनामा साइकलमा सवार यात्रुसहित एक जना सशस्त्र प्रहरीको मृत्यु भएको हो ।चारनम्बरबाट तौलिहवा तर्फ जादै गरेको सशस्त्र प्रहरीको ट्रक अनियन्त्रित हुँदै साइकलमा सवार यात्रीलाई ठक्कर दिदैं दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् ।मृत्यु हुनेमा सवारी चालक सशस्त्र प्रहरी रमेश चौधरी रहेको प्रहरीले जनाएको छ । यस्तै स्थानीय अमर तङनामीको पनि निधन भएको प्रहरीको भनाई छ ।दुर्घटनामा आधा दर्जन बढी घाइते भएका छन् । तीन जनाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि बुटवल रिफर गरिएको छ । थप ४ जनाको सामुदायिक अस्पताल चारनम्बरमा उपचार भइरहेको छ ।

स्थानीयबासी बुद्धिप्रसाद पाण्डेले सशस्त्र प्रहरीको लापरबाही कै कारण ट्रक दुर्घटनामा परेको आरोप लगाएका छन् । स्थानीयबासी दुर्घटनामा परेको सवारीमा मदिरा भेटिनु गम्भीर लापरबाही भएको भन्दै आन्दोलित भएका छन् । सवारी दुर्घटनास्थलमा स्थानीयले सशस्त्र प्रहरी माथि छानविन हुनुपर्ने माग गर्दै आन्दोलन गरेका छन् ।यता स्थानीय प्रशासनले दुर्घटनाबारे अनुुसन्धान भइरहेको बताएको छ । स्थानीयबासीको भनाई र दुर्घटनास्थलको प्रकृति हेरेपछि थप भन्न सकिने प्रहरीको भनाई छ ।

प्रकाशित : ४ कार्तिक २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६