जानु पाण्डे
कपिलवस्तु १६ कार्तिक । नेकपा एमाले कपिलवस्तु क्षेत्र नम्बर २ संघिय साँसद पदका उम्मेदवार बृजेश कुमार गुप्ताले आफ्नो क्षेत्रको सिँचाईको समस्या समाधान गर्न मानपुर ताल र गुडरुङ खोला सिंचाईको काम पुरा गर्नु पर्ने बताउनु भयो । उहाँले बुद्धभूमि नगरपालिका र महाराजगन्ज नगरपालिकामा अधिकांश भेगमा सिँचाई गर्न सकिने बताउनु भयो । यी दुई योजना रोकिदाँ कृषकलाई समस्या रहेको उहाले बताउनु भयो ।उहाले महाराजगंज र बुद्धभूमीमा निर्वाचित मेयरले ती योजनाको जस बृजेशलाई जान्छ भनेर राजनैतिक पूर्वाग्रह राखी काम अघि बढ्न नदिएको वताउनु भयो ।
उहाले महाराजगन्ज नगरपालिका वडा नम्बर ४ मा घरदैलो गर्ने क्रममा किसानको सिँचाईको समस्याको लागि एमाले सधै चासो दिएर काम गरेको बताउनु भयो । सिँचाईको समस्या पुर्ण रुपले समाधान गर्नका लागि नौमुरे सिँचाई आयोजनाको डिपिआर गरी कार्यालय स्थापना समेत भएको बताउनु भयो । तर केपी ओली नेतृत्वको सरकार ढले पछि गठवन्धनको सरकारले नौमुरेको काम ठप्प राखेको बताउनु भयो ।
आफु सांसद भएर जिताएर पठाए पछि मानपुर ताल सिँचाई आयोजनाको लागि २७ करोड रुपैयाको योजना ल्याए पनि काम गर्न नदिएर रकम फ्रिज गराएको बताउनु भयो । यसै गरी बुद्धभूमी नगरपालिका ८ हरीहरपुर तालमा समेत सिँचाईको लागि ५० लाख विनियोजन गरेको बताउनु भयो । राजनैतिक पुर्वाग्रहरीको कारणले दुबै योजनाको रकम फ्रिज गराइएको एमाले जिल्ला सहसचिव सुशिला दर्लामीले बताउनु भयो ।
१६ कार्तिक २०७९, बुधबार
प्रतिक्रिया