खोज–अनुसन्धान

दर्शनका खोक्रा भाषण होइन क्षेत्रको बिकास र समृद्धीको स्पष्ट खाका सहित जनताका बीचमा छौं : विश्वकर्मा




नेकपा एमालेका केन्द्रिय सचिव एवम रुपन्देही क्षेत्र नं १का उम्मेदवार छविलाल विश्वकर्माले दर्शनका खोक्रा भाषण बोकेर होइन क्षेत्रको बिकास र समृद्धीको स्पष्ट खाका बोकेर जनताका बीचमा आफूहरु आएको बताएका छन् । नेता विश्वकर्माले शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिका क्षेत्रमा एमालेले अघि सारेका योजनाहरु पूरा हुंदा जिल्लाकै नमुना हुने बताए । शुक्रबार देवदहका विभिन्न चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै नेता विश्वकर्माले देवदहमा सय बिघा क्षेत्रफलमा लुम्बिनी बौद्ध विश्व विद्यालय स्थापनालाई पुर्णता दिन सक्दा यो क्षेत्रले शिक्षामा फड्को मार्ने बताए ।
यस्तै तिलोत्तमामा बन्ने सरकारी मेडिकल कलेज पनि यही क्षेत्रमा पर्ने भएकाले त्यसको छिटो निर्माण पनि आफ्नो प्राथमिकतामा रहेको उनले बताए । अव्यवस्थित र सुकुम्बासीलाई जग्गाको मालिक बनाउने, खैरेनी–भगवानपुर सडकलाई पुर्णता,क्षेत्र नंं १ का सबै पालिकामा रिङ रोड निर्माण,रोहिणी नदी संरक्षणसंगै जलाशययुक्त बांधबाट पर्यटन विकासलाई एमालेले प्राथमिकतामा राखेको उनले बताए । बुद्ध मावली क्षेत्रलाई लुम्बिनीसंग जोडेर अन्तराष्ट्रिय पर्यटकीय स्थल बनाउने,रोजगारी सिर्जना,शैक्षिक संस्थाको गुणस्तर बृद्धि सबै पालिकामा १५ शैयाका अस्पताल निर्माणलाई पुर्णता दिने, खैरेनीमा रहेको प्रहरी चौकीको स्तरोनती गरी ईप्रकामा विस्तार गर्ने ,देवदहमा राष्ट्रिय बाणिज्य बैङ्कको शाखा स्थापना एमालेको योजना रहेको उनले बताए ।
देवदह–१, ढेकार र देवदह–११ शंकरपुरमा एमाले राप्रपा जसपाको सम्पर्क कार्यालय उद्घाटन र कोणसभालाई सम्बोधन गर्दै राप्रपाका नेता ताहिर अलीले देशको राष्ट्रियता जोगाउन,भ्रष्टाचार र महंगी नियन्त्रण गर्न तीन दलको गठबन्धन बनेको भन्दै रुपन्देही १ का तीनवटै क्षेत्र अत्यधीक वहुमतले जित्ने बताए ।कार्यक्रममा प्रदेश सभा सदस्य उम्मेदवार आशिष चौधरी, एमाले नेता डा कृष्ण न्यौपाने, राप्रपा नेता माधव रिमाल,एमाले नेता अजय रौनियार,भेषराज भट्टराई,ओमसतितयाका निवर्तमान अध्यक्ष हिरा केवट,एमालेका कृष्ण पौडेल,राजु चौधरी,लक्ष्मी पंगेनी,बोधराज गौडेल लगायतले एमाले राप्रपा जसपाकोजित सुनिश्चित भएको बताए ।
यसैबीच रुपन्देही १ (२) का प्रदेश सभा उम्मेदवार दधिराम न्यौपानेले शुक्रबार रोहिणीको १ र २ तथा ओमसतियाको वडा नं ४ मा घरदैलो गरेका छन् । सो क्रममा उम्मेदवार न्यौपानेले आफु यसअघि सांसद हुदा अघि सारेका तर पुरा नभएका विकास आयोजननाहरु पुरा गर्न र थप नयां योजनामार्फत रुपन्देही १ लाई जिल्लाको उत्कृष्ट नमूना बनाउन जनताको चाहना अनुसार उम्मेदवार बनेको बताए । घरदैलोका क्रममा जनताले दिएको माया र राय सुझावले उत्साहित बनाएको न्यौपानेले बताए ।

प्रकाशित : १९ कार्तिक २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६