अन्तर्राष्ट्रिय

कतार विश्व कप फुटबलमा आज चार वटा खेल हुँदै स् पोर्चुगलले घाना र ब्राजिलले सर्बियासँग खेल्दै



काठमाण्डौ ८ मंसिर – फिफा विश्व कप फुटबलमा आज पनि चार वटा खेलहरु हुँदैछन् । आज समूह ‘जी’ र समूह ‘एच’ का दुईरदुई वटा खेल हुनेछन् । आज हुने पहिलो खेलमा समूह ‘जी’ मा रहेको स्विट्जरल्यान्ड र क्यामरुन खेल्दैछन् । यो खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।
यस्तै, आजको अर्को खेलमा समूह ‘एच’ को उरुग्वे र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ । उरुग्वे र दक्षिण कोरियाबीचको खेल बेलुका पौने ७ बजे सुरु हुनेछ । विश्व कप फुटबल अन्तर्गत नै आज हुने तेस्रो खेलमा पोर्चुगल र घाना खेल्दैछन् । समूह ‘एच’ को पोर्चुगल र घानाबीचको खेल राति पौने १० बजे सुरु हुनेछ ।
त्यस्तै,आज राति हुने खेलमा ब्राजिल र सर्बिया प्रतिस्पर्धा गर्नेछन् । समूह ‘जी’ मा रहेको ब्राजिल र सर्बियाबीचको खेल राति पौने १ बजे सुरु हुनेछ । विश्व कप फुटबलमा आज बिहान भएको खेलमा बेल्जियमले क्यानडालाई १–० गोलले हराउँदै विजयी सुरुआत गरेको छ ।
त्यस्तै स्पेनले कोस्टारिकालाई ७–० गोलको फराकिलो अन्तरले हरायो । हिजो भएको खेलमा जापानले जर्मनीलाई २–१ को गोलले हरायो । क्रोएसिया र मोरक्कोले बराबरी खेलेका छन् ।

प्रकाशित : ८ मंसिर २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६