ब्रेकिंग न्युज

बाणगंगाकाे फाेहाेर व्यवस्थापन गर्न अनेरास्ववियु सिद्धार्थ क्याम्पस कमिटीले गरायाे ध्यानाकर्षण



कपिलवस्तु,मंसिर २९ ।
विगत केहि दिनदेखि कपिलवस्तु र विशेष गरि बाणगंगा नगरपालिका भित्र चर्चाको विषय बनेको बाणगंगाको फोहोर व्यवस्थापनको विषयमा अनेरास्ववियु सिद्धार्थ क्याम्पस कमिटीले चासो देखाएको छ । बाणगंगा नदि किनारमा रहेको डम्पिङ साइटमा आगो लागेर वातावरणमा गम्भिर असर पर्दा सम्म नगरले वेवास्ता गरेको भन्दै नगरको तिव्र आलोचना भैरेको छ । सोहि विषयमा आज अनेरास्ववियु सिद्धार्थ क्याम्पस कमिटीका अध्यक्ष पशुपति गिरीको संयोजकत्वमा गएको विद्यार्थीहरुको समुहले नगर प्रमुख चक्रपाणी अर्याल लाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
बस्ती, विद्यालय र बाटो देखी निक्कै नजिक रहेको डम्पिङ साइटमा लागेको आगोका कारण श्वासप्रश्वासमा गम्भिर असर परेको भन्दै अबको १० दिनमा फोहोर व्यवस्थापन सम्बन्धी उचित कदम नचाले विद्यार्थीहरुले चरणबद्ध आन्दोलन समेत गर्ने चेतावनी दिएका छन ।
ध्यानाकर्षण पत्र बुझ्दै मेयर अर्यालले फोहोर व्यवस्थापनमा नगर गम्भिर भएको बताउँदै आगो लगाउने व्याक्तिको खोजतलास भैरहेको र सङकास्पद व्याक्ति माथि अनुसन्धान भैरहेको बताउनु भएको छ । फोहोर र फोहोरमा लागेको आगोको धुँवाले पार्ने अशर प्रति नगर गम्भिर भएकोले फोहोरको व्यवस्थापनमा नगर लागिपरेको बताउनु भएको थियो ।

प्रकाशित : २९ मंसिर २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६