कपिलवस्तु ७ पुस ।
कपिलवस्तुको बाणगंगा नदीमा एक युवा हाम फालेको आशंकामा खोजतलास सुरु गरिएको छ । नदीको रामघाट पुलमा डुबेको आशंकामा खोजतलास सुरु गरिएको हो ।कपिलवस्तु नगरपालिका १ तौलिहवा खानेपानी टोलका २९ वर्षीय गोरखनाथ बर्मा हाम फालेको आशंकामा खोजतलास गरिएको हो । बर्मा बुधवार विहान ९ बजेदेखि बेपत्ता हुनुभएको थियो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले फोन लोकेसन ट्रयाक गर्दा रामघाट पुल देखिएपछि अनुसन्धान जारी गरेको थियो । प्रहरीले बर्माले प्रयोग गर्दैआएको एउटा फोन पुल माथि फेला पारेको छ । फोन भेटिएपछि नदीमा हामफालेको आशंका गरिएको छ ।आज बिहीबार ४ बजेदेखि सशस्त्र प्रहरी २८ नम्बर गणको टोली खोजलतासमा खटिएको गणपती सूर्यबहादुर सेनओलीले बताउनुभयो ।
७ पुस २०७९, बिहिबार
प्रतिक्रिया